चितवन / चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले माडीको कुसुमखोलामा अवैधरुपमा रहेका चेपाङका घर तथा टहराहरु पुनः भत्काएको छ । निकुञ्जको बगहीं पोष्टमा कार्यरत सेना र निकुञ्जका कर्मचारीहरु कुसुमखोलाका विभिन्न गाउँमा पुगी बुधबार दिउँसो १० वटा घर तथा टहरा भत्काएका हुन् ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले नियमित रुपमा घर, टहराहरु निकुञ्जले हटाइरहेको बताए । उनले भने, ‘कुसुमखोलामा एउटा घर बाहेक सबै गैरकानुनी रहेका छन् । अन्य स्थानबाट आएर १० जनाले घरटहरा बनाइएकाको हटाइएको हो ।’ उनका अनुसार नयाँ आउने घरटहरा हटाउने क्रम चलिरहने छन् ।
दिउँसो पैदलै हिँडेर कुसुमखोला पुगेका सेना र निकुञ्जका कर्मचारीहरुले घरबाटै बञ्चरो र खुर्पा लिएर भत्काएको कुसुमखोलाका स्थानीय काजीमान चेपाङले बताए । घर भत्काइसकेपछि सेनाले बञ्चरो र खुर्पाहरु साथमै लगेको अर्का स्थानीय दिललाल चेपाङले जानकारी दिए ।
करिब २ वर्षअघि हात्ती लगाई निकुञ्जले सो बस्तीमा आगजनी गरेपश्चात पातलिएको कुसुमखोला बस्तीमा अहिले विभिन्न स्थानबाट आएका थप चेपाङ परिवारहरु बस्न थालेका हुन् । प्रमुख संरक्षण अधिकृत आचार्यले अन्यत्रबाट चेपाङहरु आएर टहरा बनाउने क्रम निरन्तर चलिरहेकोले हटाउने क्रम पनि चलिरहने बताए ।
कुसुमखोलामा हाल ३० घरधुरी चेपाङहरुले बसोबास गरिरहेका छन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

माडी कुसुमखोलाका पुनः भत्काइयो चेपाङका टहरा

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.90
153.50

European Euro
1
178.35
179.05

UK Pound Sterling
1
208.46
209.28

Swiss Franc
1
190.57
191.31

Australian Dollar
1
109.55
109.98

Canadian Dollar
1
110.53
110.96

Singapore Dollar
1
120.36
120.83

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.72
40.88

Qatari Riyal
1
41.94
42.11

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.63
41.79

Malaysian Ringgit
1
37.82
37.97

South Korean Won
100
11.06
11.10

Swedish Kroner
1
16.11
16.17

Danish Kroner
1
23.86
23.95

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
498.45
500.41

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.16
398.72












