२०८३ श्रावण २४, आईतवार
August 9, 2026
२०८३ श्रावण २४, आईतवार
August 9, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

महानगरपालिकाको निर्माण व्यवसायीलाई अल्टिमेटम : समयमै काम पूरा गर्नुस्

प्रकाशित मिति : २०७९ मंसिर २६ गते

चितवन / भरतपुर महानगरपालिकाभित्र निर्माणधिन आधा दर्जन आयोजनाहरुलाई समयमै काम पुरा गर्न भरतपुर महानगरपालिकाले निर्माण व्यवसायीलाई अल्टिमेटम दिएको छ ।
भरतपुरका मूख्य सडक खण्डरुको निर्माण कार्य सुस्त भएसँगै जनगुनासो आउन थालेपछि महानगरपालिकाले छिटोभन्दा छिटो काम पुरा गर्न निर्माण कम्पनीलाई अल्टिमेटम दिएको हो ।
आईतबार भरतपुर महानगरपालिकामा बसेको भरतपुर महानगरपालिका, सघन सहरी तथा भवन निर्माण आयोजना र निर्माण ठेक्का पाएको रमण शिवशक्ति जेभीबीच भएको छलफलपछि निर्माण कम्पनी रमणले तोकिएको समयमा काम पुरा गर्ने प्रतिवद्धता जनाएको भरतपुर महानगरपालिकाका ईन्जिनियर सारकार लामाले जानकारी दिनुुभयो ।
धर्मचोक–बैकुण्ठचोक सडक खण्डको कालोपत्रे गर्न बाँकी करिब ५सय ५० मिटर सडक पुस ३ गतेसम्म बेस कोर्स पुरा गरी पुसको १३ गतेभित्र अस्फाल्ट कार्य सम्पन्न गर्ने तथा सहिद चोक–धर्मचोक–कचपचे सडक खण्डको निर्माण कार्य सम्पन्न गर्न निर्माण कम्पनीले प्रतिवद्धता जनाएको छ । यो सडक निर्माण गर्न भरतपुर महागनरपालिकाले निर्माण कम्पनीलाई बरम्बार ताकेता गरेपनि विभिन्न बाहना बनाएर काम गरेको थिएन ।
यस्तै निर्माणको अन्तिम चरणमा रहेको प्रचण्ड पथ अन्तर्गत महेन्द्रचोक–रिमाल चोक सडक खण्डको अस्फाल्ट कार्य १२ दिनभित्र सम्पन्न गर्ने सम्झौता भएको छ । त्यस्तै निर्माणधिन पार्वतीपुर बजार सडक खण्डको बाँकी निर्माण कार्य १ महिनाभित्र सम्पन्न गर्ने गरी अगाडि बढाउने निर्माण व्यवसायीले प्रतिवद्धता जनाएको छ ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जनताको प्रत्यक्ष सरोकारको विषयमा स्थानीय सरकारको हैसियतले महानगरको गम्भीर चासो र चिन्ता रहेको उल्लेख गर्नुभयो । महानगरपालिकाकले यहाँ निर्माणधिन विकासको आयोजना समयमै सम्पन्न गराउन निर्माण व्यवसायीलाई पटक पटक आह्वान गरी सहजीकरण गरेको बताउनुभयो । अब कुनै पनि आयोजनाको निर्माण कार्यमा ढिलासुस्ती गरे नियमानुसार कारबाही प्रकृया अगाडि बढाउने उहाँको भनाई छ ।
माडी ठोरी हुलाकी सडक खण्ड अन्तरगतको निर्माण कार्य यो आर्थिक वर्षभित्र सम्पन्न गर्न भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, हुलाकी आयोजना प्रमुख धमेन्द्र झा, सडक डिभिजन भरतपुरका प्रमुख रमेश प्रसाद पौडेलेको संयुक्त बैठकले निर्माण कम्पनी रमण शिवशक्ति जेभीलाई किछटो काम पुरा गर्न अल्टिमेटम दिएको छ ।
यसै प्याकेज अन्तर्गतका सम्पुर्ण सडक खण्डको बाँकी निर्माण कार्य तोकिएको समयभित्रै एवं यस अघि महानगरको बैठकमा भएको छलफल अनुसार काम गर्ने निर्माण कम्पनी रमण शिवशक्ति जेभीले प्रतिवद्धता जनाएको ईन्जिनियर लामाले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.04
152.64
European Euro
1
175.27
175.96
UK Pound Sterling
1
204.36
205.16
Swiss Franc
1
187.59
188.33
Australian Dollar
1
107.04
107.46
Canadian Dollar
1
108.45
108.88
Singapore Dollar
1
118.67
119.14
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.50
40.66
Qatari Riyal
1
41.72
41.89
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.40
41.56
Malaysian Ringgit
1
37.16
37.31
South Korean Won
100
10.74
10.78
Swedish Kroner
1
16.02
16.09
Danish Kroner
1
23.45
23.54
Hong Kong Dollar
1
19.38
19.46
Kuwaity Dinar
1
495.08
497.04
Bahrain Dinar
1
403.24
404.83
Omani Rial
1
394.89
396.45