२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

तीन वर्षपछि खुल्यो चीनको सिमाना

प्रकाशित मिति : २०७९ पुष २५ गते

काठमाडौं / कोभिड–१९ का कारण बन्द चीनको सिमाना करिब ३ वर्षपछि खुलेको छ । चीनले अन्तर्राष्ट्रिय आगन्तुकहरूका लागि आफ्नो सिमाना करिब ३ वर्षपछि आइतबारबाट खुला गरेको हो ।
चीनमा कोरोनाभाइरस सङ्क्रमण दर बढिरहेको स्थितिमा पनि कोभिड नीतिमा महत्त्वपूर्ण परिवर्तन गर्दै खुला गरेको हो । चीनले सन् २०२० को मार्च महिनामा सीमामा प्रतिबन्ध लगाएको थियो ।
यद्यपि, उनीहरूले यात्रा गर्नुअघि ४८ घण्टाभित्र गरिएको पीसीआर परीक्षणको नतिजा नेगेटिभ आएको प्रमाण साथमा बोक्नुपर्ने हुन्छ ।
सरकारको यो कदमलाई अधिकांशले परिवारसँग पुनर्मिलनको अवसरका रूपमा स्वागत गरेका छन् ।
चन्द्र नयाँ वर्ष ‘चुन युन’ को सुरूवातसँगै चीनले देश पुनः खुला गरेको हो । महामारी अघि यस समय अधिकांश मानिसहरू आफ्नो परिवारसँग समय बिताउन विश्वभरबाट चीनस्थित घर फर्कन्थे ।
हङकङबाट मात्रै ४ लाख मानिसहरू आगामी साताहरूमा मुख्य भूमि चीनमा यात्रा गर्ने अपेक्षा गरिएको छ । बेइजिङ र सियामेनलगायत सहरहरूतर्फ उडान भर्नका लागि मानिसको लामा लाइनहरू हुने ठानिएको छ ।
यस चिनियाँ नयाँ वर्षमा दुई अर्ब मानिसहरूले चीन भ्रमण गर्ने अपेक्षा गरिएको छ । उक्त संख्या गत वर्ष यात्रा गर्नेहरूको संख्याभन्दा दोब्बर हो ।
विगत तीन वर्षमा चीनले विश्वको सबैभन्दा कडा कोभिड स्वास्थ्य नीतिहरू अपनायो । जसअन्तर्गत कयौँ लकडाउन, पटकपटक कोभिड परीक्षणको आवश्यकतालगायत नियम थिए जसले देशको अर्थतन्त्रमा उल्लेख्य प्रभाव पारेको थियो ।
चीनले आफ्नो कोभिड शून्य नीतिका मुख्य कडा प्रतिबन्धहरू खुकुलो बनाएदेखि त्यहाँ अस्पताल र शव दाह गृहहरूमा चाप बढेको विवरणहरू सार्वजनिक भएका छन् । तर, राज्यले त्यहाँको सङ्क्रमण दर सार्वजनिक गर्नबाट रोक लगाएको छ । शनिवार त्यहाँ जम्मा दुई जनाको मृत्यु भएको जनाइएको छ ।
शनिवार नै चिनियाँ सरकारले सङ्क्रमण दरबारे आलोचना गर्ने एक हजारभन्दा बढी सामाजिक सञ्जालका खाताहरूमा प्रतिबन्ध लगाएको थियो ।
सङ्क्रमण दरको अपेक्षित वृद्धि र त्यहाँका मानिसको चीन बाहिर यात्राले युरोपेली मुलुक, अमेरिका, भारत लगायत धेरै देशहरूलाई चीनबाट भित्रने मानिसहरूमा कोभिड–१९ परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गर्न प्रेरित गरेको छ । -एजेन्सी

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72