खैरहनी / आठौँ खिचरामा महोत्सवमा आज (शुक्रबार) खेलकुदका विभिन्न कार्यक्रमसहित विभिन्न सांस्कृतिक कार्यक्रम हुँदैछ । बिहीबारदेखि शुरु भएको महोत्सवमा आजको मुख्य आकर्षणमा जिल्लास्तरीय सितोरियो कराँते प्रतियोगिता हुने आयोजकले जनाएको छ ।
नेपाल सितोरियो कराँते डोजाङ संघ चितवन तथा उपशाखा डोजाङ पर्सा खैरहनी एवं आठौं खिचरा महोत्सवको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । सितोरियो कराँते टुर्नामेन्टका संयोजक जीवन महतोका अनुसार प्रतियोगितामा २२ वटा डोजाङका २६० खेलाडीहरुको सहभागी हुनेछन् ।
खेल शुक्रबार बिहान ९ बजेदेखि शुरु हुनेछ । बिहीबाररदेखि शुरु भएको भलिबल प्रतियोगितामा दुई खेल सम्पन्न भएको छ । ती दुई खेलमा सेभेन ग्रुप चितवनलाई सेन्ट्रल कलेज भरतपुरले र एनवाइसी हर्नरीलाई रुपीटार नेपाल रसौलीले जितेको छ । आज ५ खेल हुने शिक्षा तथा खेलकुद समिति संयोजक धनवीर चौधरीले जानकारी दिए ।
कार्यक्रममा आज दोस्रो दिन विविध सांस्कृतिक कार्यक्रमसमेत हुँदैछ । राष्ट्रिय तथा स्थानीय कलाकारहरूबाट विभिन्न खालका नाचगान रहेको आयोजकले जनाएको छ । सांस्कृतिक कार्यक्रम ख्यातिप्राप्त कलाकार तथा स्थानीय कलाकारहरूबाट महोत्सव अवधिभर नै हुनेछ ।
यस्तै शुक्रबार विशेषज्ञ चिकित्सकहरुको निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । डा. गौरीराम महतोलगायत चिकित्सकले चेकजाँच गर्नेछ । त्यस्तै जिल्लास्तरीय पेहनी होड प्रतियोगिता रहेको छ । लोपोन्मुख थारु साहित्य जगेर्नाका लागि पेहनी होड कार्यक्रम आयोजना गरिन लागेको थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय सदस्य लक्ष्मणप्रसाद चौधरीले बताए ।
माघ ४ गतेसम्म हुने महोत्सव बिहीबार उप–प्रधान तथा गृहमन्त्री रवि लामिछानेले उद्घाटन गरेका हुन् ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

‘खिचरा महोत्सव’मा आज राष्ट्रिय ख्यातिप्राप्त कलाकारको प्रस्तुति

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर

रसुवा बाढी अपडेट : २ सय ५८ जनाको शव फेला, ९ सय बढी सम्पर्कविहीन

भरतपुरमा चौथो तीज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेला हुने

रसुवा बाढी अपडेट : छ बालिका र सात बालकसहित १५७ जनाको मृत्यु

रसुवा बाढीबाट प्रभावित जिल्लाहरू संकटग्रस्त क्षेत्र घोषणा

भोटेकोशी बाढी प्रभावित क्षेत्र तीन महिना ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणा
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.74
178.44

UK Pound Sterling
1
207.60
208.41

Swiss Franc
1
189.53
190.27

Australian Dollar
1
109.42
109.85

Canadian Dollar
1
109.88
110.32

Singapore Dollar
1
119.98
120.45

Japanese Yen
10
9.58
9.62

Chinese Yuan
1
22.67
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.80
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.00
11.04

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.16
405.75

Omani Rial
1
395.78
397.34









