२०८३ श्रावण १२, मंगलवार
July 28, 2026
२०८३ श्रावण १२, मंगलवार
July 28, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भेटेरान सेमिफाइनल आज, दुई खेल हुँदै

प्रकाशित मिति : २०७९ फाल्गुन ३ गते
File photo.

चितवन / भरतपुरमा जारी चितवन भेटेरान कप फुटबलको सेमिफाइनल समिकरण पुरा भएको छ । सोमबार चार टोली सेमिफाइनलमा प्रवेश गरेका हुन् । पहिलो खेलमा बर्दघाट भेटेरान नवलपरासीले आयोजक चितवन भेटेरान निलोलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो ।
प्रतिस्पर्धात्मक खेलमा बर्दघाट टाईब्रेकरमा विजयी भयो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । खेलको आठौं मिनेटमा तोपबहादुर महतोको गोलबाट बर्दघाटले अग्रता लिएको थियो ।
खेलको अन्तिम मिनेटमा रमेश थापाले चितवन निलोका लागि बराबरी गोल फर्काए । निर्धारित समयमा बराबरी भएपछि खेल टाईब्रेकरमा धकेलियो । टाईब्रेकरमा बर्दघाट ४–३ ले विजयी भयो । बर्दघाटका गोलरक्षक बिष्णुप्रसाद पौडेल म्यान अद दि म्याच भए ।
दोस्रो खेलमा फ्रिडम फाइटर ठमेलले कलकत्ता भेटेरान भारतविरुद्ध ४–० को सहज जित निकाल्यो । ठमेलको जितमा विकर्ण श्रेष्ठ र कन्यसुब्बु गुरुङले समान दुई–दुई गोल गरे । खेलको आठौं मिनेटमा विकर्णले गोल गर्दै ठमेललाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफको १९ औं मिनेटमा विकर्णले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । लगत्तै २० औं मिनेटमा कन्यले गोल गरेपछि ठमेलले ३–०को अग्रता लियो । खेलको अतिरिक्त समयमा कन्यले व्यक्तिगत दोस्रो गोल गरेपछि ठमेलले ४–० को सहज जित हात पा¥यो ।
उनी नै म्यान अफ दि म्याच चुनिए । तेस्रो खेलमा एक्स महेन्द्र पुलिस क्लबले चाबहिल भेटेरानविरुद्ध बाजी मा¥यो । प्रतिस्पर्धात्मक खेलमा पुलिस टाईब्रेकरमा विजयी भयो । दोस्रो हाफको चौथो मिनेटमा विजय श्रेष्ठले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए । तर १२ औं मिनेटमा जगत लामाले चाबहिलका लागि बराबरी गोल फर्काए ।
निर्धारित समयमा १ –१ गोल भएपछि खेल टाईब्रेकरमा धकेलियो । टाईब्रेकरमा पुलिस ५–३ ले विजयी भयो । पुलिसका विजय म्यान अफ दि म्याच घोषित भए । चौथो तथा अन्तिम खेलमा थापा गाउँ सुधार समिति भेटेरानले आयोजक चितवन भेटेरान रातोलाई निराश बनायो ।
निर्धारित समय गोलरहित बराबारीमा टुङ्गिएपछि खेल टाईब्रेकरमा धकेलियो । टाईब्रेकरमा थापा गाउँलाई ३–२ ले विजयी भयो । थापा गाउँका गोलरक्षक दीपक डंगोलले चितवनको तीन प्रहार विफल बनाए । उनी नै म्यान अफ दि म्याच चुनिए ।
प्रतियोगितामा आज (बुधवार) सेमिफाइनल चरणको खेलहरु हुनेछन् । पहिलो सेमिफाइनलमा बर्दघाट भेटेरान नवलपरासी र साविक विजेता फ्रिडम फाइटर ठमेल भिड्नेछन् । खेल दिउँसो २ बजे हुनेछ ।
यस्तै दोस्रो सेमिफाइनलमा दिउँसो ३ः३० बजे एक्स महेन्द्र पुलिस क्लब र थापा गाउँ सुधार समिति भिड्नेछन् । चितवन भेटेरान क्लबको आयोजना तथा नारायणगढ लेडी जेसिजको सह आयोजनामा सुरु भएको प्रतियोगिता फागुन ४ गतेसम्म चल्नेछ । प्रतियोगिताको विजेताले एक लाख ५१ हजार प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार ५०० रुपैयाँ प्राप्त गर्नेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.16
153.76
European Euro
1
174.60
175.29
UK Pound Sterling
1
204.25
205.05
Swiss Franc
1
188.01
188.74
Australian Dollar
1
107.27
107.69
Canadian Dollar
1
108.59
109.01
Singapore Dollar
1
118.75
119.22
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.64
22.73
Saudi Arabian Riyal
1
40.80
40.96
Qatari Riyal
1
42.01
42.18
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.70
41.87
Malaysian Ringgit
1
37.49
37.64
South Korean Won
100
10.43
10.47
Swedish Kroner
1
15.82
15.88
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
19.53
19.61
Kuwaity Dinar
1
497.60
499.55
Bahrain Dinar
1
406.21
407.80
Omani Rial
1
397.80
399.36