२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कोरोना संक्रमण बढ्दै, बुस्टर डोज लगाउन जोड

प्रकाशित मिति : २०७९ चैत्र १७ गते

काठमाडौं / गत सातादेखि एकाएक कोरोना संक्रमण बढ्न थालेपछि सीमा नाकाहरूमा पुनः कोभिड–१९ परीक्षण कार्यलाई निरन्तरता दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा समीरकुमार अधिकारीले नेपाल समाचारपत्रलाई दिएका जानकारीअनुसार सीमा नाकामा कोरोना महामारीको बेलामा बनाइएका संयन्त्रहरू सक्रिय बनाउन लागिएको हो ।
जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गराउन विभिन्न सञ्चार माध्यमबाट सचेतना फैलाइएको जानकारी दिँदै उनले संक्रमण फैलन नदिन मन्त्रालय सक्रिय रहेको बताए । जोखिममा रहेका व्यक्तिलाई जोगाउन परिवारकै भूमिका बढी हुने जिकिर उनले गरे ।
उनले भने, ‘कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा रोग प्रतिरोधात्मक क्षमतामा कमी भएका, दोस्रो मात्राको खोप लगाएको ६ महिना पूरा भएका या बुस्टर मात्रा लगाएको ६ महिना पूरा भएका ५५ वर्षमाथिका जेष्ठ नागरिकहरूलाई कोरोना संक्रमणबाट बचाउने उद्देश्यले पुनः बुस्टर मात्रा दिने कार्यक्रम ल्याएको छ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभर थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल ९ सय १५ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ३७ तथा एन्टिजेन विधिबाट ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार गत ३ दिनमा १७ जना संक्रमित निको भएर घर फर्किसकेको छ । अहिले देशभरि सक्रिय संक्रमितको संख्या १ सय २३ जना रहेको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34