२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा लामिछाने, श्रेष्ठ र न्यौपानेको चुनावी प्रचार सुरु

प्रकाशित मिति : २०७९ चैत्र २० गते

चितवन / चितवन क्षेत्र नं २ मा बैशाख १० गते हुन लागेको प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनको लागि उमेदवारहरु चुनावी प्रचारमा लागेका छन् । निर्वाचन आयोगले उपनिर्वाचनको लागि चैत २० गते सोमबारदेखि मनोनयन दर्ताको समय तोकेको छ ।
चितवन २ मा प्रतिनिधि सभा सदस्यको लागि रिक्त पदमा उमेदवारी दिन लागेका नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चुनावी प्रचारमा जुटेका छन् । जीतनारायण श्रेष्ठले चुनाव लक्षित विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न थालेका छन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र चुनाव चिह्न घण्टीप्रति आक्रामक अभिव्यक्ति दिन थालेका छन् । रवि र घण्टी विरुद्ध बोल्दा आफुमाथि सामाजिक सञ्जालमा गाली गलौज हुन थालेको उनको गुनासो छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन कार्यक्रममा पुगेका श्रेष्ठले ‘कसैको बारेमा बोल्दा हार्दिक श्रद्धाञ्जली लेख्ने कुरामा प्रशासन गम्भिर हुनुपर्ने’ बताए । त्यस्तै उनले घण्टीप्रति लक्षित गर्दै चुनावी प्रचारमा चुनाव चिह्न बोकेर हिँड्ने कार्यको विरोध गरे ।
उता स्थलमार्गहुँदै चितवन आउन लागेका रवि इच्छाकामनाको चुम्लिङटार, कुरिनटार, लेवाटार, केबुलकार, मुग्लिङका विभिन्न कार्यक्रममा सहभागी हुने रविका स्वकिय प्रकाश सिग्देलले जानकारी दिए । एमालेबाट उमेदवार बन्न लागेका रामप्रसाद न्यौपाने सार्वजनिक कार्यक्रममा खासै देखिएका छैनन् ।
मिसन ग्रासरुट अभियान अन्तर्गत शनिबार आयोजित प्रशिक्षण तथा वनभोज कार्यक्रममा सहभागी भएका न्यौपानेले चितवन २ मा गल्ती सच्याउने मौका मिलेको बताए । रविले नेपालको कानुनलाई हेप्दा चितवन २ का जनताले दुःख पाएको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.24
152.84
European Euro
1
175.62
176.32
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.37
188.11
Australian Dollar
1
107.55
107.97
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.56
9.60
Chinese Yuan
1
22.58
22.67
Saudi Arabian Riyal
1
40.55
40.71
Qatari Riyal
1
41.76
41.92
Thai Baht
1
4.60
4.62
UAE Dirham
1
41.45
41.62
Malaysian Ringgit
1
37.26
37.41
South Korean Won
100
10.75
10.80
Swedish Kroner
1
15.96
16.02
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.40
19.48
Kuwaity Dinar
1
495.49
497.45
Bahrain Dinar
1
403.79
405.38
Omani Rial
1
395.41
396.97