चितवन / चितवन क्षेत्र नं २ मा बैशाख १० गते हुन लागेको प्रतिनिधि सभा सदस्य पदको उपनिर्वाचनको लागि उमेदवारहरु चुनावी प्रचारमा लागेका छन् । निर्वाचन आयोगले उपनिर्वाचनको लागि चैत २० गते सोमबारदेखि मनोनयन दर्ताको समय तोकेको छ ।
चितवन २ मा प्रतिनिधि सभा सदस्यको लागि रिक्त पदमा उमेदवारी दिन लागेका नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति जीतनारायण श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चुनावी प्रचारमा जुटेका छन् । जीतनारायण श्रेष्ठले चुनाव लक्षित विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न थालेका छन् ।
उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र चुनाव चिह्न घण्टीप्रति आक्रामक अभिव्यक्ति दिन थालेका छन् । रवि र घण्टी विरुद्ध बोल्दा आफुमाथि सामाजिक सञ्जालमा गाली गलौज हुन थालेको उनको गुनासो छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन कार्यक्रममा पुगेका श्रेष्ठले ‘कसैको बारेमा बोल्दा हार्दिक श्रद्धाञ्जली लेख्ने कुरामा प्रशासन गम्भिर हुनुपर्ने’ बताए । त्यस्तै उनले घण्टीप्रति लक्षित गर्दै चुनावी प्रचारमा चुनाव चिह्न बोकेर हिँड्ने कार्यको विरोध गरे ।
उता स्थलमार्गहुँदै चितवन आउन लागेका रवि इच्छाकामनाको चुम्लिङटार, कुरिनटार, लेवाटार, केबुलकार, मुग्लिङका विभिन्न कार्यक्रममा सहभागी हुने रविका स्वकिय प्रकाश सिग्देलले जानकारी दिए । एमालेबाट उमेदवार बन्न लागेका रामप्रसाद न्यौपाने सार्वजनिक कार्यक्रममा खासै देखिएका छैनन् ।
मिसन ग्रासरुट अभियान अन्तर्गत शनिबार आयोजित प्रशिक्षण तथा वनभोज कार्यक्रममा सहभागी भएका न्यौपानेले चितवन २ मा गल्ती सच्याउने मौका मिलेको बताए । रविले नेपालको कानुनलाई हेप्दा चितवन २ का जनताले दुःख पाएको उनले बताए ।
- ADVERTISEMENT -

चितवनमा लामिछाने, श्रेष्ठ र न्यौपानेको चुनावी प्रचार सुरु
April 3, 2023

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
- ADVERTISEMENT -
