काठमाडौं / बैशाखमा तीन कम्पनीले सर्वसाधारणलाई आइपीओ निष्काशन गर्ने भएको छ । बैशाख महिनामै सिटी होटल, मेन्छियाम र माई खोला हाइड्रोपावरले सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको हो ।
मेन्छियाम हाइड्रोपावरले बैशाख ४ गते सोमबारदेखि आइपीओ निष्काशन गर्दैछ । कम्पनीले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता आइपीओ जारी गर्न लागेको हो ।
त्यस्तै, ५ प्रतिशत (५६ हजार ९९ कित्ता) सामूहिक लगानी कोष र २ प्रतित (२२ हजार ४३९ कित्ता) कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ९ लाख ३४ हजार ९१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसमा बैशाख ७ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा सबै शेयर बिक्री नभएमा बैशाख १९ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
यसैगरी, माई खोला हाइड्रोपावरले बैशाख ८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १२ लाख ६९ हजार ४११ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
कुल १५ लाख २९ हजार ४११ कित्ता शेयरमध्ये ७६ हजार ४७१ कित्ता म्युचुअल फन्ड र ३० हजार ५८८ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गर्न लागेको हो ।
यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । यसमा बैशाख १२ गतेसम्म आवेदन दिन पाइनेछ ।
उक्त समयसम्ममा सबै सेयर बिक्री नभएमा भने बैशाख २४ गतेसम्म आवेदन खुला रहनेछ ।
त्यस्तै, सिटी होटलले सर्वसाधारण लगानीकर्तालाई बैशाख २५ गतेदेखि आइपीओ निष्कासन गर्न लागेको छ । यो होटलले आफ्नो जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १०% ले हुन आउने १६ करोड ७४ लाख रुपैयाँ बराबरको आइपीओ ल्याउने भएको हो । सो मध्ये १०% (१ लाख ६७ हजार ४ सय कित्ता) शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

तीन कम्पनीले आइपीओ निष्काशन गर्दै

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.90
153.50

European Euro
1
178.35
179.05

UK Pound Sterling
1
208.46
209.28

Swiss Franc
1
190.57
191.31

Australian Dollar
1
109.55
109.98

Canadian Dollar
1
110.53
110.96

Singapore Dollar
1
120.36
120.83

Japanese Yen
10
9.60
9.64

Chinese Yuan
1
22.74
22.83

Saudi Arabian Riyal
1
40.72
40.88

Qatari Riyal
1
41.94
42.11

Thai Baht
1
4.68
4.70

UAE Dirham
1
41.63
41.79

Malaysian Ringgit
1
37.82
37.97

South Korean Won
100
11.06
11.10

Swedish Kroner
1
16.11
16.17

Danish Kroner
1
23.86
23.95

Hong Kong Dollar
1
19.51
19.59

Kuwaity Dinar
1
498.45
500.41

Bahrain Dinar
1
405.54
407.13

Omani Rial
1
397.16
398.72












