२०८३ श्रावण २८, बिहीबार
August 13, 2026
२०८३ श्रावण २८, बिहीबार
August 13, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आव ०८०/८१ को नीति तथा कार्यक्रममाथि छलफल

प्रकाशित मिति : २०८० जेष्ठ १९ गते

मकवानपुर / बागमती प्रदेश सभाको बुधबार बसेको दुबै बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममाथि छलफल भएको छ ।
अपराह्नमा बसेको पहिलो र दोस्रो बैठकमा बागमती प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रममाथि छलफल भएको हो । उक्त बैठकमा सत्तापक्ष र प्रतिपक्ष गरी ३५ जना प्रदेश सभाका सदस्यहरुले सुझाव दिएका थिए ।
छलफलमा अधिकांश प्रदेश सभाका सदस्यहरुले प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश भएका विभिन्न कार्यक्रमलाई परिमार्जन गरी आत्मनिर्भर बनाउने खालको योजनालाई उच्च प्राथमिकता दिन आग्रह गरे ।
उक्त बैठकमा नीति तथा कार्यक्रममाथि आदिवासी जनजाति, दलित, महिला सिमान्तकृत वर्गलाई आत्मनिर्भर हुने आर्थिक प्याकेजको कार्यक्रम ल्याउन र त्यसक्षेत्रमा सिचाईँको प्रबन्ध गरी कृषि उत्पादनलाई बढुवा दिन जनमुखी योजना ल्याउनुपर्ने माग गर्नुभयो ।
प्रदेश सभाका सदस्यहरुले प्रदेशका सबै जिल्लामा सडक सञ्जाललाई राष्ट्रिय राजमार्गसँग जोड्न र विपन्न नागरिकलाई सस्तो उपचारको क्रममा जिल्ला अस्पतालसम्म ल्याउने एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने, स्थानीय निकायलाई स्वास्थ्य चौकीमा दक्ष चिकित्सक र स्वास्थ्यकर्मीहरुको दरबन्दी सृजना गरी उपचार सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
यस्तै, उनीहरुले कृषि उत्पादनलाई आत्मनिर्भर बनाउन र खाद्यान्न बालिलाई प्रदेशभित्र सबै सर्वसाधारहणको पहुँचमा पुर्याउन प्रदेशको पायक पर्ने स्थानमा मलखाद्य कारखानाको स्थापना गर्ने र कृषकलाई मौसमी तरकारीखेती गर्न वित्तिय क्षेत्रको बैंकबाट ऋण उपलब्ध गराउने र कृषकले उत्पादन गरेको तरकारी, फलफुल खाद्यान्नलाई बजारको व्यवस्थापन मिलाउन कृषि मन्त्रालयले समन्वय भूमिका निर्वाह गर्नुपर्ने सरकारलाई माग गरे ।
बागमती प्रदेश सभाको अर्को बैठक भोलि भोलि जेष्ठ १९ गते विहान १०ः३० बजे बस्ने भएको प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए । उनका अनुसार, भोलि बस्ने बैठकमा पनि नीति तथा कार्यक्रममाथि छलफल हुने र त्यसपश्चात नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.40
153.00
European Euro
1
175.79
176.48
UK Pound Sterling
1
205.76
206.57
Swiss Franc
1
187.88
188.62
Australian Dollar
1
107.53
107.96
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
118.96
119.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.59
22.68
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.80
41.97
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.50
41.66
Malaysian Ringgit
1
37.24
37.39
South Korean Won
100
10.76
10.80
Swedish Kroner
1
16.02
16.08
Danish Kroner
1
23.51
23.61
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
496.26
498.21
Bahrain Dinar
1
404.19
405.78
Omani Rial
1
395.83
397.39