–सन्तोष तामाङ
चितवन । तामाङ समुदायको संस्कृति तथा भाषा जगेर्नाका लागि एक हप्ते ‘तामाङ भाषा प्रशिक्षण’ हुने भएको छ । आज (शनिबार) देखि उक्त तालिम सुरु हुन लागेको तामाङ पत्रकार संघ जिल्ला शाखा चितवनका अध्यक्ष बबिलाल तामाङले जानकारी दिए ।
अध्यक्ष तामाङका अनुसार जिल्ला समन्वय समिति चितवनको सभा हलमा ‘तामाङ भाषा प्रशिक्षण’ हुने भएको हो । तालिम जेठ २७ गतेबाट असार १ गतेसम्म सञ्चालन हुनेछ ।
तालिममा पार्वतीपुर, मंगलपुर, गौरीगंज, किरणगंज, भोजाड, लामाटोल, भण्डारा, बाह्रघरे, लोथरलगायत सबै स्थानका प्रशिक्षार्थी सहभागी हुने उनले बताए ।
चितवनमा नै पहिलो पटक हुन लागेको ‘तामाङ भाषा प्रशिक्षण’ मा तामाङ समुदाय लाभान्वित हुने विश्वास गरिएको छ । तालिममा ७ वर्षका बालिकादेखि वृद्ध र अन्य जातिहरुको पनि सहभागी हुने भएको छ ।
पछिल्लो पुस्ताका अधिकांश तामाङहरु भाषाबाट बञ्चित भएकै कारण संघले यो अभियान थालेको अध्यक्ष तामाङको भनाइ छ । तामाङ भाषा प्रचलनमा नआउनु, बढ्दो शहरीकरणसँगै युवायुवती अन्य भाषा सिक्न बाध्य हुनु यसको मुख्य कारण बताइएको छ ।
संघले तालिममा भरतपुर महानगरभित्रका सम्पूर्ण तामाङवासीहरुलाई तालिममा सहभागी हुन विभिन्न संचार माध्यम मार्फत आग्रह समेत गरेको छ । तालिममा सहभागिताका लागि भरतपुर १६ का अधिकांश घरघरमा आग्रह गर्दै हिँडेको अध्यक्ष तामाङले बताए ।
भरतपुर महानगरपालिका उपमेयर चित्रसेन अधिकारीले तालिमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । तालिमको प्रशिक्षण अधिवक्ता अजयकुमार तामाङ दिने तय भएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा आजदेखि ‘तामाङ भाषा प्रशिक्षण’ सुरु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.16
153.76

European Euro
1
174.60
175.29

UK Pound Sterling
1
204.25
205.05

Swiss Franc
1
188.01
188.74

Australian Dollar
1
107.27
107.69

Canadian Dollar
1
108.59
109.01

Singapore Dollar
1
118.75
119.22

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.64
22.73

Saudi Arabian Riyal
1
40.80
40.96

Qatari Riyal
1
42.01
42.18

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.70
41.87

Malaysian Ringgit
1
37.49
37.64

South Korean Won
100
10.43
10.47

Swedish Kroner
1
15.82
15.88

Danish Kroner
1
23.36
23.45

Hong Kong Dollar
1
19.53
19.61

Kuwaity Dinar
1
497.60
499.55

Bahrain Dinar
1
406.21
407.80

Omani Rial
1
397.80
399.36











