March 15, 2025
- ADVERTISEMENT -

प्रतिनिधि सभा बैठक : दुई वटा विधेयक पेस

June 13, 2023

काठमाडौँ / प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा दुई वटा विधेयक पेस भएको छ । बैठकमा आगामी आर्थिक वर्ष २०८०÷०८१ को ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० पेस भएको हो ।
बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले दुवै विधेयक संसद् समक्ष प्रस्तुत गरेका हुन् । सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८०’ र राष्ट्र ऋण उठाउने विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथिको विरोधको सूचना दिएका थिए ।
तर, उक्त दुवै विधेयक पेस गर्नुअघि सांसद सुवालले राखेको विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथिको विरोधको सूचनालाई बैठकको बहुमतले अस्वीकृत गरेको थियो । अहिले विनियोजित विधेयकको विषयमा छलफल सुरु भएको छ ।

- ADVERTISEMENT -