२०८३ भाद्र १२, शुक्रबार
August 28, 2026
२०८३ भाद्र १२, शुक्रबार
August 28, 2026 Friday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘छैठौं चितवन च्याम्पियनसिप फुटबल’ भोलिदेखि

प्रकाशित मिति : २०८० असार ४ गते

चितवन / एभरेष्ट क्लब भरतपुरको आयोजनामा छैठौं संस्करणको चितवन च्याम्पियनसिप फुटबल हुने भएको छ । भरतपुर बाइपास रोड जुनियर प्रहरी अधिकृत शिक्षालयको मैदानमा असार ५ गतेदेखि हुने असार १६ गतेसम्म संचालन हुने शुक्रबार पत्रकार सम्मेलन मार्फत क्लबका अध्यक्ष प्रेम बहादुर गुरुङ (गोपाल) ले जानकारी दिए ।
अध्यक्ष गुरुङले प्रतियोगितामा चितवनका १० र दुई बाहिरी जिल्लाका गरि कुल १२ टोली सहभागी हुने बताए । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा अभिषेक चर्च रहजर, नारायणी मोटर्स युनिक एफसी, सेन्ट्रल क्लब रामपुर फुटबल क्लब रड्स, हर्दी युवा समाज भण्डारा, जुनियर प्रहरी अधिकृत शिक्षालय र गैंडाकोट फुटबल क्लब रहेका छन् । यस्तै समूह ‘बी’ मा केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी), स्टार स्पोर्ट्स क्लब बरुवा माडी, सूर्यपुर फुटबल क्लब कालिका, त्रिवेणी फुटबल क्लब मुग्लिन, आयोजक एभरेष्ट फुटबल क्लब र भतेरी युवा क्लब (जु एफसी) जुगेडी रहेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा अभिषेक चर्च रहजर र नारायणी मोटर्स युनिक एफसी भिड्नेछन् ।
प्रतियोगिताको उद्घाटन भरतपुर महानगर प्रमुख रेनु दाहालले गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । हरेक दिन म्यान अफ दि म्याचले पाँच हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले समान १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सेमिफाइनल अघि दर्शकका लागि ५० तथा सेमिफाइनल र फाइनलका लागि एक सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । २० हजार दर्शकले प्रतियोगिताको अवलोकन गर्ने अपेक्षा रहेको प्रवद्धक संस्था चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले बताए । प्रतियोगिताको तयारी अन्तिम चरणमा रहेको कार्कीले बताए । प्रतियोगिता सम्पन्न गर्न १९ लाख ७० हजार खर्च हुने अनुमान छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.74
178.44
UK Pound Sterling
1
207.60
208.41
Swiss Franc
1
189.53
190.27
Australian Dollar
1
109.42
109.85
Canadian Dollar
1
109.88
110.32
Singapore Dollar
1
119.98
120.45
Japanese Yen
10
9.58
9.62
Chinese Yuan
1
22.67
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.80
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.84
37.99
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.16
405.75
Omani Rial
1
395.78
397.34