२०८३ भाद्र ९, मंगलवार
August 25, 2026
२०८३ भाद्र ९, मंगलवार
August 25, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवन च्याम्पियनसिप आज सकिँदै : सूर्यपुर र गैंडाकोट भिड्ने

प्रकाशित मिति : २०८० असार १६ गते

चितवन / भरतपुर ११ वाइपास रोडमा अवस्थित प्रहरी तालिम केन्द्रमा जारी छैठौं चितवन च्याम्पियनसिपको फाइनल आज (शनिबार) हुँदैछ । च्याम्पियनसिप उपाधिका लागि सूर्यपुर फुटबल क्लब र गैंडाकोट एफसी भिड्ने आयोजकले जनाएको छ ।
बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा आयोजक एभरेष्ट क्लबलाई पराजित गर्दै सूर्यपुर फुटबल क्लब कालिका १ ले फाइनलमा स्थान बनाएको हो । यसअघि गैंडाकोट एफसीले पहिलो सेमिफाइनल खेलमा रड्स रामपुरलाई पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ ।
सूर्यपुरले प्रतिस्पर्धात्मक खेलमा एभरेष्टको चुनौतीलाई टाइब्रेकरमा ४–२ ले तोड्यो । निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो । जसमा सूर्यपुरले बाजी मा¥यो ।
त्यसअघि निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७० औं मिनेटमा कप्तान बिक्की राईको गोलमा सूर्यपुरले अग्रता लिएको थियो । तर उसको अग्रता धेरै बेर टिकेन । ७२ औं मिनेटमा समीप ढकालले बराबरी गोल फर्काएपछि खेल टाइब्रेकरमा गएको हो । टाइब्रेकरबाट नतिजा सूर्यपुरको पक्षमा गयो । सूर्यपुरका कुल्दीप कार्की म्यान अफ दि म्याच भए ।
विजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । हरेक दिन म्यान अफ दि म्याचले पाँच हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले २० हजार तथा उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, सर्वाधिक गोलकर्ता तथा प्रशिक्षकले समान १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.90
153.50
European Euro
1
178.35
179.05
UK Pound Sterling
1
208.46
209.28
Swiss Franc
1
190.57
191.31
Australian Dollar
1
109.55
109.98
Canadian Dollar
1
110.53
110.96
Singapore Dollar
1
120.36
120.83
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.74
22.83
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.94
42.11
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.63
41.79
Malaysian Ringgit
1
37.82
37.97
South Korean Won
100
11.06
11.10
Swedish Kroner
1
16.11
16.17
Danish Kroner
1
23.86
23.95
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.45
500.41
Bahrain Dinar
1
405.54
407.13
Omani Rial
1
397.16
398.72