२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

चलचित्र ‘बगान’ प्रदर्शनमा, एकल महिलालाई निःशुल्क

प्रकाशित मिति : २०८० असार २९ गते

चितवन / एकल महिलालाई लक्षित गरी निर्माण गरिएको नेपाली चलचित्र ‘बगान’ आज (शुक्रबार) बाट देशैभर प्रदर्शन गरिँदै छ । असार २९ गते प्रदर्शन मिति तोकिएको चलचित्र ‘बगान’को गत शनिबार पत्रकार सम्मेलन गरिएको थियो ।
चार दशक बढी चलचित्र क्षेत्रमा योगदान प्रदान गरेका निर्देशक सरोज खनालले एकल महिलाले चलचित्र ‘बगान’ निःशुल्क हेर्न पाउने बताएका छन् । चलचित्र हेर्न एकल महिलाले आफ्नो परिचय खुल्ने प्रमाण साथमा ल्याउन अनुरोध गरिएको छ ।
सय बढी चलचित्रमा नायकको अभिनय गरी सकेका खनाल पहिलो पटक निर्देशक भई ‘बगान’ चलचित्र प्रदर्शनमा आएको हो । चलचित्रले हरेक घरका महिलाको दुःख, समस्या र त्यसको समाधानसहितको कथा बोकेको निर्माण पक्षले दावी गरेको छ ।
अभिनेत्री करिश्मा मानन्धरले ‘बगान’ले फिल्म क्षेत्रमा क्रान्ति गरेको बताइन् । सन्देशमूलक चलचित्र बनेकोले हलसम्म आएर हेरिदिन उनले आग्रह गरिन् ।
निर्देशक सरोज खनाल र चलचित्रमा एकल महिलाको भूमिकामा देखिएकी करिश्मा मानन्धरसँग जोडिएर काम गर्न पाउँदा धेरै सिक्ने अवसर मिलेको नवकलाकार प्रमिला कार्कीले बताइन् । आफू विश्वविद्यालयमा नै प्रवेश गरेको अनुभव गरेको उनको भनाइ छ ।
सुरेश वाग्लेको निर्माणमा बनेको फिल्ममा निर्देशक खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नीर शाह, बसुन्धरा भुसाललगायतका कलाकारको अभिनय रहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51