बर्खा लागेसँगै देशभर डेँगु रोगको सङ्क्रमण पुनः फैलिन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेँगु सङ्क्रमण बढ्न थालेपछि डेँगुविरुद्धको अभियान सञ्चालन गर्न पुनः आग्रह गरेको छ । गत वर्ष करिब ५५ हजारको संख्यामा डेँगु रोगको सङ्क्रमण रहेकोमा यस वर्षको तीन महिनामा १५ सय बढीमा डेँगु रोगको सङ्क्रमण देखा परेको छ । दैनिकजसो पानी परेसँगै डेँगुको सङ्क्रमण बढ्न थालेपछि मन्त्रालयले अभियान सञ्चालन गर्न भनेको हो । डेँगु रोगबारे समयमै सचेत बन्न नसक्दा भयावह स्थिति आएको र यो महामारीकै रुपमा फैलिएको दृष्टान्त छ । नेपालमा पहिलोपटक सन् २००४ मा चितवनको सौराहामा एक जना पर्यटकमा डेँगु देखिएको थियो । गत पुसयता एक हजार तीन सय ३७ जनामा सङ्क्रमण देखिएको छ भने एक जनाको निधनसमेत भइसकेको छ ।
लामखुट्टेबाट बच्नका लागि डेँगुविरुद्धको सरसफाइ महŒवपूर्ण हुन आउँछ । डेँगुु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेँगुु रोग लाग्दछ । त्यसैले वातावरण सरसफाइका साथै सम्भव भएसम्म लामखुट्ट नै भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन पनि मन्त्रालयले आग्रह गरेको छ । सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न सकिए डेँगु रोगको सङ्क्रमणबाट बच्न सकिन्छ । लामखुट्टेको बासस्थान ने नष्ट गर्नु सबैभन्दा उत्तम विकल्प हो । त्यसैले स्थानीय तहले साउनदेखि ‘लामुखट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने भएका छन् ।
चितवनमा हाल डेँगुको सङ्क्रमण सामान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । चितवनमा केही दिनयता डेँगुका बिरामी देखिएका छैनन् । तथापि बर्खाको समय भएकाले अब देखिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै ‘लामुखट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान सञ्चालन गर्नुपर्छ । चितवनमा डेँगुका कारण गत आर्थिक वर्षमा छ जनाको मृत्यु भएको थियो । जसमा अन्य जिल्लाका तीन जना रहेका थिए । कुल तीन हजार तीन सय १२ जनामा सङ्क्रमण हुँदा छ जनाको मृत्यु भएको थियो । विशेषगरी चिसो मौसममा भन्दा तातो मौसममा डेँगुको जोखिम बढी हुन भएकाले लामखुट्टेको टोकाइबाट बच्न आवश्यक सावधानी अपनाउनपर्ने चिकित्सकको भनाइ छ । गत वर्ष भदौ महिनामा चितवनमा डेँगु सङ्क्रमण उच्च रहेका कारण यस वर्ष पनि अहिलेदेखि नै सबै सचेत हुनुपर्ने भएको छ । अहिलेको मौसम डेँगु सङ्क्रमणको हिसाबले उपयुक्त रहेकाले आमसर्वसाधारण, निजी क्षेत्र र सरोकारवाला सबै व्यक्ति एवं निकायले आआफ्नो स्थानबाट सहभागिता जनाएर डेँगुविरुद्धको अभियान सफल बनाउनु जरूरी देखिन्छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

डेँगुबारे सचेतना जरूरी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
144.76
145.36

European Euro
1
171.06
171.77

UK Pound Sterling
1
197.07
197.89

Swiss Franc
1
186.61
187.38

Australian Dollar
1
101.57
101.99

Canadian Dollar
1
105.82
106.26

Singapore Dollar
1
113.88
114.35

Japanese Yen
10
9.21
9.25

Chinese Yuan
1
20.86
20.95

Saudi Arabian Riyal
1
38.60
38.76

Qatari Riyal
1
39.71
39.88

Thai Baht
1
4.60
4.61

UAE Dirham
1
39.41
39.58

Malaysian Ringgit
1
36.67
36.82

South Korean Won
100
9.89
9.93

Swedish Kroner
1
16.04
16.11

Danish Kroner
1
22.90
22.99

Hong Kong Dollar
1
18.53
18.60

Kuwaity Dinar
1
473.69
475.65

Bahrain Dinar
1
383.98
385.57

Omani Rial
1
376.02
377.58












