२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025
२०८२ जेष्ठ ५, आईतवार
May 18, 2025 Sunday

एकीकृत समाजवादीको आज पोलिटब्यूरो बैठक बस्दै

प्रकाशित मिति : २०८० भाद्र ३ गते
- ADVERTISEMENT -

काठमाडौं / नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालयमा आज (आइतबार) दिउँसो बस्ने गरी आह्वान गरिएको हो ।

सो बैठकमा पार्टीको आसन्न केन्द्रीय कमिटी बैठकको लागि कार्यसूची तय गर्नेलगायत विभिन्न विषयमा छलफल हुने पार्टीका महासचिव घनश्याम भुसालले जानकारी दिए ।

उनका अनुसार, बैठकमा पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण, जनताको बहुदलीय जनवादको सान्दर्भिकता, पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति, सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थिति र राजनीतिक प्रतिवेदनलगायत विविध विषयमा छलफल हुनेछ ।

उनले बैठकमा सबै जनवर्गीय सङ्गठनको कार्यसम्पादनको समीक्षा, पछिल्लो समयमा विकसित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमको विश्लेषण, आसन्न केन्द्रीय कमिटी बैठक र पार्टीको महाधिवेशनको निर्णय गर्ने विषयमा छलफल गरिने बताए ।

समाजवादी अर्थ व्यवस्था कार्यान्वयनमा देखिएका चुनौती कार्यान्वयनका लागि शीर्षनेतालाई बैठकले जिम्मेवारी प्रदान समेत गर्नेछ । पार्टीको महाधिवेशनको मिति र स्थान तोक्न केन्द्रीय कमिटी बैठक यही भदौ ५ गतेदेखि ७ गतेसम्म काठमाडौंमा बस्दैछ ।

- ADVERTISEMENT -