April 30, 2025

चितवनमा पूर्वसचिव भीम उपाध्यायविरुद्ध मानहानीको उजुरी

August 25, 2023
- ADVERTISEMENT -

चितवन / सामाजिक सञ्जाल फेसबुकमार्फत व्यक्तिगत मानहानी र चरित्रहत्या गरेको भन्दै पूर्वसचिव भीम उपाध्यायविरूद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दर्ता गराएकी छिन् । करिब साढे दुई वर्षअघि टिकटकमा राखेको भिडियोलाई भीम उपाध्याय (मनमौजी) नामक फेसबुक एकाउन्टबाट चरित्रहत्या गरेको भन्दै भरतपुर–१६, शरणपुरकी पूर्णिमाया गुरूङले बिहीबार उजुरी दर्ता गराएकी हुन् ।

गुरुङले वास्तविकता नै नबुझी अनधिकृतरुपमा सामाजिक सञ्जालमा तस्बिर राखेर व्यक्तिगत चरित्रहत्या गरेको भन्दै उपाध्यायलाई तत्काल नियन्त्रणमा लिई कानुनी उपचार गराउन माग गर्दै ‘साइबर क्राइम’सम्बन्धी उजुरी दर्ता गराएकी हुन् ।

भीम उपाध्याय (मनमौजी) नामक फेसबुकमार्फत पीडित महिलाको तस्बिर राख्दै पाँच दिनअघि ‘गोरू खाने धराने’ भनेर पोस्ट भएको थियो ।

‘त्यतिबेला रमाइलो गर्नका लागि छोटो भिडियो बनाएर टिकटकमा राखेकी थिएँ’, पीडित पूर्णिमाया भन्छिन्, ‘अहिले आएर त्यही भिडियोको स्क्रिन सर्ट गरेर मविरूद्ध गाली बेइज्जती भइरहेका छन् । यसले म र मेरो परिवारलाई मानसिक यातना दिएको छ ।’ भीम उपाध्यायसँगै फेसबुकमा सन्तोष रिजाल ठेगाना कैलाली भएका व्यक्तिविरूद्ध पनि उनले प्रहरीमा उजुरी दिएकी छन् ।

- ADVERTISEMENT -