२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

चितवनमा ‘तिज विशेष उद्यमशील एक्स्यो–२०८०’ को तयारी

प्रकाशित मिति : २०८० भाद्र १९ गते

चितवन / महिला उद्यमीहरुको उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले ‘तिज विशेष उद्यमशील एक्स्यो–२०८०’ मेला हुने भएको छ । भरतपुरमा अवस्थित चितवन प्रदर्शनी केन्द्रमा भदौं २२ गतेदेखि २४ गतेसम्म (तीन दिन) उक्त मेला हुने मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

मेलामा महिलाहरुले उत्पादन गरेका हस्तकलाका सामग्रीहरु, तीज विशेष सामग्रीहरु, स्वदेशी लत्ताकपडा, जुत्ता, चप्पल बुटिकका उत्पादनहरु, गिफ्ट आइटम र गरगहना(ज्वेलहरी)हरु, खाद्यन्नका परिकारहरु, मेहेन्दी, सौन्दर्य सामग्री र त्यसका सेवाहरु, होम डोकार, इलेक्ट्रोनिक्स, फर्निचर तथा फर्निसिङका सामग्रीहरु, भोकेशनल तालिम केन्द्र तथा कलेजहरु, बैंक तथा वित्तीय संस्थाहरु लगायतका ६० भन्दाबढी स्टलहरु रहने आयोजक महिला उद्यमी मञ्च चितवनका अध्यक्ष पार्वती सुवेदीले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कैडेलले मेलामा १० हजारभन्दा बढीले अवलोकन गर्ने र ५० लाखबढीको कारोवार हुने अनुमान गरिएको बताए । स्टलका लागि २० हजार रुपैयाँ शूल्क निर्धारण गरिएको छ भने निशुल्क प्रवेशको व्यवस्था रहेको छ । मेलाको उद्घाटन भरतपुर महानगरपालिकाको प्रमुख रेनु दाहालले उद्घाटन गर्नुहुने कार्यक्रम छ ।

मेलाको दोश्रो दिन भदौं २३ गते उद्यमशीलता सम्बन्धित सेमिनार तथा अन्तरक्रिया आयोजना हुनेछ । मेलाको अन्तिम दिन भदौं २४ गते तीज विशेष प्रतियोगीता समेत हुने छ । ‘उद्यमशीलतामा महिलाको सहभागिता, अवसर र चुनौती’ शिर्षकमा उद्यमी महिलाहरुको समुहगत तीज गीत प्रतियोगिता समेत आयोजना गरिनेछ ।

यसरी प्रतियोगीतामा सहभागी भएकाहरु मध्ये प्रथमहुनेले नगद २० हजार रुपैयाँ, दोश्रोहुने समुहले १५ हजार रुपैयाँ र तेश्रो हुने समुहले नगद १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै सान्त्वना पुरस्कार स्वरुप एउटा समुहले नगद ५ हजार रुपैंया पाउनेछ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20