२०८२ माघ ४, आईतवार
January 18, 2026
२०८२ माघ ४, आईतवार
January 18, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गृहमन्त्रीको राजीनामा माग गर्दै मसाल जुलुससहित प्रदर्शन

प्रकाशित मिति : २०८० भाद्र २२ गते
- ADVERTISEMENT -

हेटौंडा / नेपाल तरुण दल र नेवि संघ मकवानपुरले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै हेटौंडामा मसाल जुलुससहित प्रदर्शन गरेको छ । विहीबार साँझ हेटौंडा–२ स्थित पार्टी कार्यालयबाट बुद्धचोकसम्म गृहमन्त्रीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेको हो ।

तरुण दलका युवाहरुले गृहमन्त्रीले राजीनामा दिनुपर्ने र नेपाली कांग्रेसका सहमहामन्त्री तथा नेपाल तरुण दलका पूर्व अध्यक्ष महेन्द्र यादवमाथि भएको सांघातिक हमलाको निष्पक्ष छानविनसहित दोषीलाई हदैसम्मको कारबाही माग गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

‘हाम्रो पार्टीका नेता रिर्पोटर्स क्लबबाट बाहिरिने क्रममा धारिलो हतियार प्रयोग गरी घाइते बनाएको छ । खुकुरी प्रहार गर्नेले गृहमन्त्रीको आदेश भनिरहेका छन् । घटनामा संलग्नलाई हदैसम्मको कारबाहीको माग हामी गर्दछौं ।’, तरुण दल केन्द्रीय सदस्य राजेश भेटवालले यादवमाथि आक्रमण गर्ने गराउने, गराउन उक्साउने, पर्दा पछाडी बसेर निर्देशन दिने जो कोही व्यक्ति वा समूह उपर गहिरो अनुसन्धान गरी दोषी उपर कडाभन्दा कडा कारवाहीको माग गरेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -