March 15, 2025
- ADVERTISEMENT -

आगलागीमा परी गाईको मृत्यु भएपछि …

September 12, 2023

चितवन / राप्ती नगरपालिका वडा नं. ३ पर्सौनीमा गाईको काजक्रिया गरिएको छ । गाईको काजक्रिया आम मानिसमा अचम्म लाग्ने विषय भएपनि सोही स्थानका वासिन्दा तथा कृषक बद्री घितालले गाई मरेपछि मान्छेको जस्तै क्रिया गरेका छन् ।

नेपालमा गाईलाई राष्ट्रिय जनावरको रुपमा लिइन्छ । विशेषगरी हिन्दू धर्मावलम्बीहरुले गाईलाई गौमाताको रुपमा पनि पूजा गर्ने गरे तापनि काजक्रिया गरिएको सम्भवत नेपालमै पहिलो हो ।

कृषक धितालका अनुसार भदौ ५ गते राति करिब १० बजेको समयमा गाईको गोठमा आगलागी भएको हो । सो आगलागीमा परी ६ वटा गाई मध्ये ५ को जलेर मृत्यु भएको उनले बताए ।

बाँधेकै ठाउँमा दाम्लोसँगै गाईको मृत्यु भएको हुँदा गौ हत्या लाग्ने भएकाले काजक्रिया गरिएको उनको भनाइ छ । उनले गाईलाई माताको रुप मानेर पुजा गर्ने गरेको, दुध खाएकोले मृत्युपछि काजक्रिया गरिएको बताए ।

देवघाट क्षेत्र विकास समितिका पूर्व अध्यक्ष टंकनाथ पौडेलले जसले गाई बाँधेको छ उसैलाई दोष लाग्ने भएकाले बैद्धिक सनातन धर्म अनुसार नै काजक्रिया गरिएको बताए ।

- ADVERTISEMENT -