२०८३ बैशाख १९, शनिबार
May 2, 2026
२०८३ बैशाख १९, शनिबार
May 2, 2026 Saturday
- ADVERTISEMENT -

चितवनमा तीन दिने ‘महिला उद्यमी मेला’को शुभारम्भ

प्रकाशित मिति : २०८० आश्विन ६ गते

चितवन / उद्योग वाणिज्य संघ–चितवन परिसरमा तीन दिने महिला उद्यमी मेला २०८० आज (शनिबार) बाट सुरु भएको छ । मेलाको उद्घाटन प्रतिनिधिसभा सदस्य अन्जनी श्रेष्ठले गरेकी हुन् ।

कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी प्रतिनिधि सभा सदस्य श्रेष्ठले महिला उत्पादनमा जोडिनु आवश्यक रहेको वताइन् । उत्पादनमा नजोडिएसम्म महिला आत्मनिर्भर बन्न नसक्ने उनको भनाइ थियो । महिला उद्यमी मेलाले चितवन र आसपासका महिलाहरुलाई उद्यमी बनाउन योगदान पु¥याउने बताइन् ।

- ADVERTISEMENT -

Advertisement

महिला चुलो चौकामा मात्रै सिमित हुन नहुने बताउँदै उनले महिलालाई राज्यको नीति निमार्णको तहमा पु¥याउनु पर्नेमा जोड दिइन् ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले उत्पादन विना समृद्धिको परिकल्पना गर्न नसकिने वताए । राज्यले नीति निर्माण गर्दा आधा आकाश ढाक्ने महिलाहरुका मुद्दामा पनि ध्यान दिनु पर्ने बताउँदै अधिकारीले आर्थिक समृद्धिको लागि भाषण भन्दा काम गर्नुपर्ने अवस्था आएको बताए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठले मेलाको बारेमा प्रष्ट पारेका थिए । मेलाले महिला उद्यमीहरुको वृद्धिविकासमा जोड पुग्ने उनको भनाइ थियो ।

कार्यक्रममा भरतपुर महानगरापलिका १ का वडाध्यक्ष केशव महर्जन, भरतपुर महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख तेजेन्द्र प्रसाद पौडेल, चितवन उद्योग संघका उपाध्यक्ष युगराज वस्ती, मकवानपुर उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिकी संयोजक अंकिता सुमार्गीलगायतले मन्तव्य दिएका थिए ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका पुर्व अध्यक्ष देशिराम प्रधान, डा. तिलचन्द्र भट्टराई, वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष चिरन्जीवि सुवेदी, द्धितीय उपाध्यक्ष राजेन्द्र ओली, तृतीय उपाध्यक्ष सिरिष पन्तलगायत संघका कार्यसमिति सदस्य एवं वस्तुगत संघका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सुनिता कर्माचार्यले संचालन गर्नु भएको कार्यक्रम उवासंघ चितवन महिला उद्यमी विकास समिति संयोजक पुर्णीमा श्रेष्ठले समापन गरेकी हुन् ।

प्रत्येक बर्ष महिला उद्यमिका समस्याहरु समाधानार्थ बिबिध कार्यक्रम सञ्चालन गर्दै आइरहेको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा समेत पुरस्कृत हुन सफल उद्योग वाणिज्य संघ–चितवनले महिला उद्यमशिलता विकास र यसको प्रबद्र्धनमा योगदान पु¥याउंने उदेश्यले सो मेला आयोजना गरेको हो ।

उद्यमशिलताको माध्यमबाट महिला सशक्तिकरणमा योगदान पु¥याउदै यस क्षेत्रको आर्थिक उन्नतीमा समेत सहयोग पु¥याउनका लागि महिलाहरुलाई आय –आर्जनका क्रियाकलापहरुमा संलग्न गराउनु मेलाको मुख्य उदेश्य भएको उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठले जानकारी दिए ।

कम्तिमा ६ हजार दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको मेलामा करिव १५ लाखसम्मको आर्थिक कारोवार हुने उवासंघ चितवनका कार्यकारी निर्देशक निल बहादुर केसीले बताए । संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले मेलाले यस क्षेत्रमा रहेका घरेलु तथा लघु महिला उद्यमीद्धारा उत्पादित वस्तु तथा सेवाहरुको प्रचार प्रसार हुने बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
178.16
178.86
UK Pound Sterling
1
206.39
207.21
Swiss Franc
1
194.28
195.05
Australian Dollar
1
109.09
109.52
Canadian Dollar
1
111.74
112.18
Singapore Dollar
1
119.09
119.57
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.59
41.76
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.42
16.48
Danish Kroner
1
23.84
23.94
Hong Kong Dollar
1
19.34
19.42
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.35
402.94
Omani Rial
1
393.64
395.20