October 11, 2024
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

स्थानीय तह सबैभन्दा बढी भ्रष्ट – अख्तियार

October 3, 2023

काठमाडौं / अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा बढी संघीय मामिलासँग सम्बन्धीत उजुरी परेका छन् ।

आयोगको वार्षिक प्रतिवेदनका विषयमा आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अख्तियारले गत आर्थिक वर्षमा प्राप्त उजुरीमध्ये सबैभन्दा बढी संघीय मामिला (स्थानीय तह समेत) सँग सम्बन्धित ३५ दशमलब ९५ प्रतिशत रहेको जनाएको हो ।

- ADVERTISEMENT -

Advertisement

त्यस्तै शिक्षा (स्थानीय तहसमेत) १४ दशमलब ५५ प्रतिशत, भूमि प्रशासनसँग सम्बन्धित ६ दशमलब ०९ प्रतिशत, वन तथा वातावरणसँग सम्बन्धित चार दशमलव १४ प्रतिशत र स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित तीन दशमलब १२ प्रतिशत उजुरी प्राप्त भएको अख्तियारले जनाएको छ ।

आयोगका अनुसार गत आर्थिक वर्ष २०७९्८० मा १६२ मुद्दामा सात सय ६६ जनालाई प्रतिवादी बनाइ मुद्दा दायर गरिएको छ । प्रतिवादीमध्ये ६२२ जना पुरुष र १३८ महिला छन् । गत आर्थिक वर्षमा आयोगमा विभिन्न माध्यमबाट कुल २० हजार ९०५ उजुरी परेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

कुल उजुरीमध्ये १८ हजार सात सय ९९ अर्थात् ६६ दशमलब ९८ प्रतिशत स्क्रिनिङ र प्रारम्भिक छानविनबाट फछ्र्यौट भएको उनले बताए । सात हजार ८६९ उजुरी तामेली गरिएको र १५२ उजुरीउपर सुझावसहित तामेली गरिएको र नौ हजार छ सय ४५ उजुरीउपर आवश्यक कारबाहीका लागि लेखी पठाइएको प्रवक्ता दाहालले बताए ।

प्रवक्ता दाहालले आयोगमा प्राप्त भएका उजुरीको तथ्य प्रमाणका आधारमा जुसुकैको संलग्नता देखिएपनि मुद्दा दायर हुने गरेको जिकिर गरे ।

त्यस्तै गत आर्थिक वर्षमा विस्तृत अनुसन्धान भई आयोगमा निर्णयका लागि पेश भएका कूल आठ सय ७८ उजुरीउपर आयोगबाट नौ सय ३७ वटा निर्णय भएकोमा एक सय ६२ वटा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

त्यस्तै ६५६ वटा उजुरी तामेलीमा राखिएको, ६३ वटा सम्बद्ध निकायलाई सुझाव दिइएको, २७ वटा मुल्तबीमा राखिएको र २९ वटा अन्य निर्णय भएको आयोगको वार्षिक प्रतिवेदनमा उल्लेख छ । यस्तै, आयोगबाट विगत वर्षमा विशेष अदालतमा दायर भएका आरोपपत्रमध्ये आव २०७९्८० मा तीन सय ४१ वटा मुद्दाहरूको फैसला भएको प्रवक्ता दाहालले बताए ।

- ADVERTISEMENT -