Opens in a new tab
२०८३ कार्तिक २५, मंगलवार
November 10, 2026
२०८३ कार्तिक २५, मंगलवार
November 10, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

गैंडाकोटको मौलाकालिका मन्दिरमा भक्तजनको घुइँचो

प्रकाशित मिति : २०८० कार्तिक ५ गते

चितवन / गैँडाकोटको मौलाकालिका मन्दिरमा भक्तजनको भीड लागेको छ । दसैँको नवदुर्गा सुरु भएदेखि भक्तजन आउनेक्रम बढ्दै गएको हो । गत वर्षभन्दा यस वर्ष भक्तजनको सङ्ख्या उल्लेख्यरुपमा बढेको छ । गत वर्षमा बिहानका समयमा मात्रै भक्तजन मन्दिर जाने गरेको भए पनि यस वर्ष साँझसम्म नै जाने गरेका छन् । ज्येष्ठ नागरिक, अपाङ्गता भएका, अशक्तसमेत केबलकार चढेर मन्दिर पुग्ने गरेका छन् । दिउँसोको समयमा उकालो चढ्न कठिन हुने भएकाले बिहानमा मन्दिरमा भीड हुने गरेकामा अहिले साँझसम्म नै भक्तजन जाने गरेका हुन् ।

धार्मिक सेवा समिति मौलाकालिकाका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार नवदुर्गा सुरुभएसँगै भक्तजनको सङ्ख्या बढेको छ । शनिबार फूलपातीका दिन आठ हजार भक्तजनले दर्शन गरेको अनुमान गरिएको छ । आज पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ ।बिदाको दिन र पर्व विशेषमा दर्शनार्थीको सङ्ख्या बढ्ने गर्दछ । केबलकार गत वैशाख १ गतेदेखि सञ्चालनमा आएको हो । मौलाकालिका केबलकार लिमिटेडका स्टेशन म्यानेजर सुरज पौडेलका अनुसार गत वैशाख महिनामा २५ हजारले केबलकार चढेका थिए । यो सङ्ख्या जेठमा २६ हजार थियो भने असार र साउनमा केही घटेको उहाँले जानकारी दिनुभयो ।

करिब पाँच सय वर्ष पहिले तत्कालीन पाल्पा राज्यका सैनिक टुकुटीले मौला राखेर शक्तिपिठको पूजा गर्ने भएकाले मन्दिरको नाम मौलाकालिका राखिएको किंवदन्ती छ । करिब २० वर्षयता मात्रै मन्दिरमा भौतिक संरचनाको विकास गरेर भक्तजन भित्र्याउन थालिएको हो । मौलाकालिका मन्दिरमा दर्शन र पूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ ।रासस

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.96
150.56
European Euro
1
167.12
167.78
UK Pound Sterling
1
200.20
201.01
Swiss Franc
1
182.76
183.49
Australian Dollar
1
102.96
103.37
Canadian Dollar
1
106.13
106.56
Singapore Dollar
1
116.89
117.36
Japanese Yen
10
9.46
9.50
Chinese Yuan
1
22.46
22.55
Saudi Arabian Riyal
1
39.95
40.11
Qatari Riyal
1
41.16
41.32
Thai Baht
1
4.47
4.48
UAE Dirham
1
40.83
40.99
Malaysian Ringgit
1
36.95
37.09
South Korean Won
100
11.00
11.04
Swedish Kroner
1
15.16
15.22
Danish Kroner
1
22.35
22.44
Hong Kong Dollar
1
19.13
19.20
Kuwaity Dinar
1
487.12
489.07
Bahrain Dinar
1
397.46
399.05
Omani Rial
1
389.49
391.05