२०८३ श्रावण १२, मंगलवार
July 28, 2026
२०८३ श्रावण १२, मंगलवार
July 28, 2026 Tuesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

भरतपुर वडा नं. २२ का वासिन्दालाई निःशुल्क रगत

प्रकाशित मिति : २०८० कार्तिक १३ गते

चितवन / भरतपुर महानगरपालिका–२२ का वडावासीले अबदेखि निःशुल्क रगत पाउने भएका छन् । भरतपुर महानगर वडा नंं. २२ को कार्यालय र नेपाल रेडक्रस सोसाइटी बिच सम्झौता भएपछि वडावासीले निःशुल्क रगत पाउने सुनिश्चित भएको हो । उक्त कार्यको लागि वडा नं. २२ को कार्यालयले बजेट विनियोजन गरेको हो ।

भरतपुर महानगरपालिका वडा नं. २२ का वडाअध्यक्ष विष्णुराज महतो र सचिव रामकृष्ण पाण्डे, रेडक्रस जिल्ला शाखाका तर्फबाट सभापति हरिप्रसाद पौडेल, मन्त्री राममणी खनाल र प्रादेशिक रक्तसञ्चार केन्द्रका वरिष्ठ अधिकृत रमेशकान्त पौडेलले एक औपचारिक कार्यक्रमकाबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

उक्त सम्झौता अनुसार रक्तसन्चार केन्द्रले भरतपुर–२२ का वडावासीलाई निःशुल्क रगत उपलब्ध गराउने छ भने वडा कार्यालयले त्यसको भुक्तानी मासिक रूपमा उपलब्ध गराउने छ । सम्झौता अनुसार उक्त योजनाको अवधि ३ वर्षको हुने उल्लेख छ भने प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने हुन्छ । साथै सम्झौता पत्रमा बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयबाट प्रती युनिट १,३६० हुने उल्लेख समेत गरिएको छ ।

पालिकास्तरमा जिल्लाका अन्यत्र केही पालिकाले यो अभियानको सुरुवात गरेको भएपनि वडास्तरमा भरतपुर महानगरपालिका र चितवन जिल्लाकै पहिलो वडा भरतपुर–२२ भएकोमा नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा चितवनका कार्यसमिति सदस्य कुमारप्रसाद थपालियाले वडा कार्यालयलाई धन्यवाद व्यक्त गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

उक्त कार्यक्रममा वडाका जनप्रतिनिधिहरु सुर्यबहादुर गुरुङ, दिपक पौडेल, जिल्लाका रेडक्रसकर्मी लगाएत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.31
175.99
UK Pound Sterling
1
205.46
206.26
Swiss Franc
1
188.49
189.22
Australian Dollar
1
107.65
108.07
Canadian Dollar
1
109.41
109.83
Singapore Dollar
1
119.48
119.95
Japanese Yen
10
9.41
9.45
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.32
42.48
Thai Baht
1
4.58
4.59
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.57
10.61
Swedish Kroner
1
15.88
15.94
Danish Kroner
1
23.46
23.55
Hong Kong Dollar
1
19.66
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09