April 25, 2025

भरतपुर १६ मा भोलि एकादशी मेला : शिव परियारसहितको साङ्गितिक प्रस्तुति

November 22, 2023
- ADVERTISEMENT -

चितवन / भरतपुर महानगरपालिका १६ शरणपुरमा हरिबोधनी एकादसी मेला लाग्ने भएको छ । शरणपुरको गणेश मन्दिर परिसरमा लाग्ने मेला पत्रकार सम्मेलन मार्फत मंगलबार मेला व्यवस्थापन समितिका अध्यक्ष कृष्ण सुनारले जानकारी दिए ।

अध्यक्ष सुनारका अनुसार मङ्सिर ७ गते लाग्ने एक दिने मेलाको तयारी ब्यापक रुपमा भइरहेको छ । मेलामा विभिन्न जातजातिका खानाका परिकारको स्टल तथा स्थानीय उत्पादनको स्टल रहने उनले बताए ।

उक्त मेलामा गायक शिव परियार, अपेक्षा गिरी, बिपना परियारको साङितिक प्रस्तुती रहने आयोजकले जनाएको छ । साङ्गितिक कार्यक्रम निःशुल्क हेर्ने व्यबस्था मिलाईएको उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि भरतपुर १६ का वडा अध्यक्ष अमृत हमालले ‘घुमौ भरतपुर’ भन्ने नाराका साथ अयोजना हुन लागेको मेलाले भ्रमण वर्ष २०२४ लाई सफल पार्न समेत महत्वपुर्ण टेवा पुग्ने बताए । गणेश मन्दिर क्षेत्र धार्मिक तथा पर्यटकीय रुपमा पनि निक्कै महत्वपुर्ण रहेकाले मेलालाई थप व्यबस्थित बनाउन ध्यान केन्द्रित गरिएको अध्यक्ष हमालको भनाइ छ ।

भरतपुर महानगर संरक्षक रहेको यस मेलालाई सफल बनाउन महानगर, वडा तथा केही संघसस्थाले आर्थिक सहयोग गरेको मेला समन्वय समितिका प्रमुख विजय परियारले जानकारी दिए । सरोकारवाला सबै पक्षसँग प्रभावकारी समन्वय गरिरहेको परियारले बताए ।

मेला सम्पन्न गराउन प्रचारप्रसारलाई समेत महत्वका साथ तीब्र बनाइएको प्रचारप्रसार समितिका सम्योजक दिपक पौडेलले बताए । माईकिङ तथा पत्रचार र सामाजिक सन्जाल मार्फत प्रचारप्रसारमा जोड दिएको छ ।

- ADVERTISEMENT -