२०८३ असार २७, शनिबार
July 11, 2026
२०८३ असार २७, शनिबार
July 11, 2026 Saturday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

‘हिजोको पत्रकारिता कठिन र चुनौतीपूर्ण’

प्रकाशित मिति : २०८० मंसिर ६ गते

–बबिलाल तामाङ
भरतपुर । नेपालीहरुको महान पर्व विजयादशमी, दीपावली, नेपाल सम्वत, छठपर्व लगायत चाडपर्वको अवसर पारेर भरतपुरको बाह्रघरेमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ । चितवनका पत्रकार र विभिन्न कार्यालयका प्रमुखहरु बीच आइतबार सो कार्यक्रम गरिएको हो ।

नेपाल पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष महेन्द्र श्रेष्ठले पत्रकारहरु बीच भाइचारा सम्बन्ध र कार्यालयका प्रमुखहरु बीच भेटघाट गर्ने उद्देश्यले शुभकामना तथा चियापान कार्यक्रम गरेको थियो । कार्यक्रम पूर्वअध्यक्ष श्रेष्ठको आफ्नै निवास भरतपुर–४, बाह्रघरेमा भएको हो ।

- ADVERTISEMENT -

Advertisement

कार्यक्रममा बोल्दै श्रेष्ठले हिजोको पत्रकारिता निकै कठिन र चुनौतिपूर्ण भएको बताए । सँगसँगै पत्रकारिता पेशा संवेदनशील र जोखिमपूर्ण काम भएको उनको भनाइ थियो ।

उनले पत्रकारिता समाजको दर्पण भएकोले समाज रुपान्तरण र देशलाई योगदान दिने हेतुले आफ्नो महत्वपूर्ण समय खर्चेको बताए । उनले ०५१ सालमा बीबीसी नेपालमा रिपोर्टिङ गर्दा उत्कृष्ट सम्वाददाताको रुपमा सुनको सिक्का प्राप्त गरेको स्मरण गरे ।

- ADVERTISEMENT -

Advertisement

उनले पत्रकार महासंघ चितवनमा आफ्नो कार्यकालको माइन्यूट किताब हराएकोमा दुःख व्यक्त गरे । माइन्यूट हराएकोमा इतिहास नै मेटिएको उनको बुझाई छ । २०४३ सालदेखि पत्रकारिता गरेका उनले जीवनका भोगाइहरु प्रकाश पारेका थिए ।

नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारीले मोफसलमा रहेर पत्रकारिता गर्ने ओझेलमा परेको बताए । राजधानी बाहिर पत्रकारिता गर्ने सबै पत्रकारहरु हक र अधिकारबाट बञ्चित भएको उनको भनाइ थियो ।

अधिकारीले अग्रज पत्रकार श्रेष्ठ पत्रकारिता मात्र नभएर राजनीतिक क्षेत्रमा पनि निकै सम्भावना बोकेको व्यक्तित्व भएको बताए । चितवनका राजनीतिज्ञहरुले उनलाई बुझ्न नसकेकै कारण एक योग्य व्यक्तित्वले अवसर गुमाएको उनको बुझाइ थियो ।

उनले श्रेष्ठले आयोजना गरेको कार्यक्रमको प्रशंसा गर्दै यसले नयाँ र पुराना पुस्तामा जोड्ने काम भएको जिकिर गरे । यो र यस्ता खाले कार्यक्रमले आगामी दिनमा सार्थकता पाउने उनको विश्वास थियो ।

कार्यक्रममा बागमती प्रदेश सभासद माया श्रेष्ठले ऊ बेलाको पत्रकारिता अत्यन्त गाह्रो पेशा भएको बताउँदै नेट, टेलिफोनको असुविधा पनि प्रमुख कारण भएको बताइन् । उनले पत्रकारिता क्षेत्रबाट देशलाई योगदान पु¥याउने सबैको स्मरण गरिन् ।

कार्यक्रममा सशस्त्र प्रहरी बलका डिएसपी विनोद खतिवडा, नेपाल प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख नरहरि रेग्मी, विभिन्न जातीय पत्रकार संगठनका प्रमुखहरु, अग्रज पत्रकार गणशेखर शर्मा, दिपक आचार्य, रमेशकुमार पौडेल लगायतले शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रममा वक्ताहरुले पत्रकारबाट गरिएको शुभकामना आदानप्रदान चितवनमै पहिलो भएको बताए । उनीहरुले आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.33
152.93
European Euro
1
174.09
174.78
UK Pound Sterling
1
204.22
205.03
Swiss Franc
1
188.77
189.52
Australian Dollar
1
105.69
106.10
Canadian Dollar
1
107.43
107.85
Singapore Dollar
1
117.82
118.28
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.57
40.73
Qatari Riyal
1
41.79
41.95
Thai Baht
1
4.56
4.57
UAE Dirham
1
41.48
41.64
Malaysian Ringgit
1
37.36
37.51
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
15.73
15.79
Danish Kroner
1
23.29
23.38
Hong Kong Dollar
1
19.44
19.51
Kuwaity Dinar
1
494.98
496.93
Bahrain Dinar
1
404.00
405.60
Omani Rial
1
395.64
397.20