April 26, 2025

हरिबोधिनी एकादशी आज, देशभर मनाइँदै

November 23, 2023
- ADVERTISEMENT -

मकवानपुर / कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशी पर्व आज (बिहीबार) मनाइँदै छ ।

हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज देशभर मनाउन लागिएको हो ।

आजैका दिन असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आजै विवाह गरिदिने प्रचलन रहेको छ ।

हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने भएकाले आजको एकादशीलाई हरिबोधिनी एकादशी भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन् ।

हरिशयनी एकादशीका दिन घर–घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटाले पोतेर सिँगारी फूलमालाले सजाएर विष्णुको प्रतिक दामोदरको तुलसीसँग विवाह गरिन्छ ।

- ADVERTISEMENT -