चितवन / भरतपुर महानगरपालिकाभित्रका दुई मुख्य सडकमा जारी भूमिगत विद्युतीकरण ६० प्रतिशत सम्पन्न भएको बताइएको छ । जसअन्तर्गत भरतपुरको पुलचोकदेखि गोन्द्राङसम्मको छ लेन सडक र बाइपास सडकमा भूमिगत विद्युतीकरण भइरहेको हो ।
नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख आनन्द सुवेदीका अनुसार पाइप बिच्छ्याउने काम ८० प्रतिशत सम्पन्न भएको छ ।
सडक छेउमा उपकरण राख्नका लागि फाउण्डेसनको काम ४० प्रतिशत र तार बिच्छ्याउने काम २५ प्रतिशत सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार भूमिगत विद्युतीकरणका लागि पाइप भूमिगत गर्ने एचजिडी मेसिन तीन वटाले काम गरिरहेका छन् ।
ठेकेदार कम्पनीले चार वटा समूहमा चार स्थानबाट काम गरिरहेको उहाँले बताउनुभयो । भारतको टाटा प्रोजेक्ट लिमिटेडले विद्युतीकरणको काम गरिरहेको उहाँले जानकारी दिनुभयो । यो कम्पनीले भरतपुर र पोखरामा भूमिगत विद्युतीकरणको काम गरिरहेको छ ।
सुवेदीका अनुसार अमेरिकी डलरमा टेण्डर भएकाले रकम सामान्य तलमाथि हुने भए पनि ठेक्का रकम रु २ अर्ब ५० करोड हाराहारी हुन आउँछ । भरतपुर बाइपास सडकको पूरै र छ लेनको पुलचोकदेखि केन्द्रीय बस ट्रमिनलसम्म सबै तार भूमिगत गरिने उहाँले जानकारी दिनुभयो । बसपार्कबाट गोन्द्राङ्सम्मको ३३ केभिएलाई मात्र पहिलो चरणका भूमिगत गरिने छ ।
सन् २०२४ को जनवरीसम्ममा काम सम्पन्न गर्ने गरी काम गरिएको भए पनि केही थप समय लाग्न सक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षको मसान्त सम्ममा विद्युतीकरण भूमिगत गर्ने काम सम्पन्न हुनेछ ।” भरतपुरका ११ किलोमिटर क्षेत्रमा विद्युत भूमिगत गर्न लागिएको हो । एशियाली बैंकको सहयोगमा प्राधिकरणले यो आयोजना अघि बढाएको हो ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भरतपुरमा भूमिगत विद्युतीकरण ६० प्रतिशत

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
154.21
154.81

European Euro
1
175.31
175.99

UK Pound Sterling
1
205.46
206.26

Swiss Franc
1
188.49
189.22

Australian Dollar
1
107.65
108.07

Canadian Dollar
1
109.41
109.83

Singapore Dollar
1
119.48
119.95

Japanese Yen
10
9.41
9.45

Chinese Yuan
1
22.77
22.86

Saudi Arabian Riyal
1
41.08
41.24

Qatari Riyal
1
42.32
42.48

Thai Baht
1
4.58
4.59

UAE Dirham
1
41.99
42.15

Malaysian Ringgit
1
37.69
37.84

South Korean Won
100
10.57
10.61

Swedish Kroner
1
15.88
15.94

Danish Kroner
1
23.46
23.55

Hong Kong Dollar
1
19.66
19.74

Kuwaity Dinar
1
501.01
502.96

Bahrain Dinar
1
408.99
410.58

Omani Rial
1
400.53
402.09










