मकवानपुर / वर्षौँदेखि निरन्तर घाटा व्यहोर्दै आएको हेटौंडा सिमेन्ट उद्योगको उत्पादन ३ महिनादेखि बन्द रहेको छ । आर्थिक संकटका कारण अझै सिमेन्ट उत्पादनमा कठिनाई भइरहेको उद्योगका महाप्रबन्धक बसन्तराज पाण्डेले तु खबरलाई जानकारी दिए ।
उद्योग व्यवस्थापनले आर्थिक स्रोत जुटाउने प्रयास गरेको भएपनि तत्काल सम्भव नहुँदा कोइला खरिद गरी ल्याउन कठिनाई भएको र सोही कारणबाट उत्पादन बन्द भएको उनले बताए ।
उद्योगलाई हाल नियमित उत्पादन सुरु गर्न करिब ३ हजार मेट्रिक टन कोइला आवश्यक पर्ने र सो कोइलाले १ महिनासम्म सिमेन्ट उत्पादन गर्न सकिने उद्योगका नायव महाप्रबन्धक नविन कुमार कर्णले जानकारी दिए ।
अहिले सो उद्योगको भण्डारणमा करिब ६०० मेट्रिक टन मात्रै कोइला रहेकाले उत्पादन सुरु नगरिकएको जनाइएको छ ।
त्यस्तै उद्योगबाट उत्पादित २ लाख २५ हजार बोरा सिमेन्ट विक्रि हुन नसक्दा उद्योगलाई थप आर्थिक संकट आइपरेको कर्णले बताए ।
सरकारले केही अनुदान उपलब्ध गराएमा यथासिघ्र कोइला आपूर्ति गरी माघको अन्तिम साताबाट उत्पादन सुरु गरिने उद्योग व्यवस्थापनले जनाएको छ ।
विक्रम सम्वत २०३३ सालमा १ अर्ब लगानीमा स्थापना भएको हेटौंडा सिमेन्ट उद्योगले २०४३ साल मंसिर २६ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो ।
- ADVERTISEMENT -

हेटौंडा सिमेन्टको उत्पादन तीन महिनादेखि बन्द

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.39
148.99

European Euro
1
174.56
175.26

UK Pound Sterling
1
200.57
201.38

Swiss Franc
1
189.79
190.56

Australian Dollar
1
106.37
106.80

Canadian Dollar
1
108.37
108.80

Singapore Dollar
1
116.83
117.30

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
21.77
21.85

Saudi Arabian Riyal
1
39.56
39.72

Qatari Riyal
1
40.70
40.86

Thai Baht
1
4.65
4.66

UAE Dirham
1
40.40
40.56

Malaysian Ringgit
1
37.54
37.70

South Korean Won
100
10.11
10.16

Swedish Kroner
1
16.19
16.26

Danish Kroner
1
23.36
23.45

Hong Kong Dollar
1
18.95
19.02

Kuwaity Dinar
1
484.38
486.34

Bahrain Dinar
1
393.61
395.20

Omani Rial
1
385.93
387.49












