२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

नवौं खिचरा महोत्सवको समापन, दुई पत्रकार सम्मानित

प्रकाशित मिति : २०८० माघ १० गते

चितवन / खैरहनी–५ गौचरणमा माघी पर्वको अवसर पारेर आयोजना गरिएको नवौं खिचरा महोत्सव सम्पन्न भएको छ । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले आयोजना गरेको सो महोत्सवले अपेक्षाकृत सफलता हात पारेको छ ।
पुुस २८ गतेबाट सुरु भएर १२ दिनसम्म सञ्चालन भएको महोत्सव थारु संस्कृति संरक्षण र स्थानीय उत्पादनको बजारीकरणका लागि कोसेढुंगा सावित भएको आयोजकले दावी गरेको छ ।
बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद जगन्नाथ थपलियाको प्रमुख अतिथि रहेको समापन कार्यक्रममा बोल्ने वक्ताहरुले खिचरा महोत्सवलाई चितवनवासीको साझा सम्पतीको रुपमा अगाडि बढाउनु पर्ने बताए ।
खिचरा महोत्सव रमाइलोको लागि मात्र नभएर थारु समुदायको परम्परागत संस्कृति संरक्षण गर्ने उपयुक्त माध्यम समेत भएको उनीहरुको भनाई छ । माघी पर्वको अबसर पारेर थारु समुदायको सँस्कृति, भेषभुषा, भाषा–साहित्य, कला–संस्कृति एवम् थारु खानाका परिकारको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको थियो ।
महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनसंग सम्बन्धित १५० वटा स्टल रहेका थिए । महोत्सवमा प्रतियोगितात्मक कृषि उपज प्रदर्शनी, बाल उद्यान, अटो परिसर रहेका थिए । महोत्सवको साँस्कृतिक कार्यक्रम तर्फ राष्ट्रिय स्तरका कलाकारसंगै थारु संस्कृतिसंग जोडिएका ठेकरा, क्रमटा, झुमरा, रसधारी, फररा, लाठी नाच प्रस्तुत गरिएको खिचरा महोत्सवका संस्थापक संयोजक नारायण चौधरीले जानकारी दिए ।
महोत्सवमा स्तानीय उतपादनको बजारीकरणको लागि प्रतियोगितात्मक कृषि उपज प्रर्दशनी र थारु समुदाय भित्र नयाँ प्रतिभाको खोजीका लागि खिचरा डान्स आइडल समेत आयोजना गरिएको संस्थापक संयोजक चौधरीले बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश साँसद थपलियाले खिचरा महोत्सवलाई चितवनबासीको साझा सम्पतीको रुपमा विकास गर्न आफुले प्रयास गर्ने बताए । उनले पूर्वी चितवनमा हुने अन्य महोत्सवसंग नजुधाई खिचरा महोत्सव सञ्चालन गर्न आयोजकलाई सुझाब दिए ।
उनले पूर्वी चितवनमा निर्माणाधिन थारु संस्कृति संग्रहालयको पूर्णताको लागि सहयोग गर्ने बताए । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ का सभापति रामेश्वर चौधरीको अध्यक्षतामा भएको समापन कार्यक्रममा खैरहनी नगरपालिकाका मेयर शशीकुमार खनिया, थारु कल्याणकारिणी सभा चितवनका पूर्व अध्यक्ष टिकेन्द्र चौधरी, खैरहनी उद्योग बाणिज्य संघका बरिष्ट उपाध्यक्ष कुमार खनाल, थाकसका पूर्व बरिष्ट उपाध्यक्ष भजुमनराम महतो लगायतले मन्तव्य राखेका थिए ।
खिचरामा दुई पत्रकार सम्मानित
यसैबीच थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले पूर्वी चितवनमा क्रियाशिल दुई जना पत्रकारलाई बुधबार सम्मान गरेको छ । खैरहनीमा आयोजना गरिएको नवौं खिचरा महोत्सव २०८० को समापनको अवसर पारेर जननिकास डटकमका सञ्चालक दिलीप डल्लाकोटी र थारुवान डटकमका चितवन संवाददाता कारी चौधरीलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो ।
पत्रकारिता मार्फत थारु संस्कृतिको संरक्षणमा योगदान गरेको भन्दै डल्लाकोटी र चौधरीलाई सम्मान गरिएको हो । महोत्सव समापन कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद जगन्नाथ थपलिया र थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ का अध्यक्ष रामेश्वर चौधरीले डल्लाकोटी र चौधरीलाई नगद सहित सम्मानपत्रले सम्मान गरेका थिए । साथै महोत्सव सम्पन्न गर्न सहयोग गर्ने विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई समेत सम्मान गरिएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
174.56
175.26
UK Pound Sterling
1
200.57
201.38
Swiss Franc
1
189.79
190.56
Australian Dollar
1
106.37
106.80
Canadian Dollar
1
108.37
108.80
Singapore Dollar
1
116.83
117.30
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
21.77
21.85
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.65
4.66
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.11
10.16
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
18.95
19.02
Kuwaity Dinar
1
484.38
486.34
Bahrain Dinar
1
393.61
395.20
Omani Rial
1
385.93
387.49