२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026
२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026 Sunday

चितवन घेदुङले भोलि शुभकामना आदानप्रदान तथा विशेष सम्मान कार्यक्रम गर्ने [with video]

प्रकाशित मिति : २०८० माघ १७ गते
शुभकामना आदानप्रदान कार्यक्रमको जानकारी दिँदै घेदुङका अध्यक्ष बाबुलाल थिङ (बीचमा) । तस्बिर : बिना तामाङ, न्यूजप्रवाह

– बबिलाल तामाङ
चितवन / तामाङ समुदायहरुको छाता नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवनले शुभकामना आदानप्रदान तथा विशेष सम्मान कार्यक्रम गर्ने भएको छ । मञ्जुश्री सम्वत २८६०औं सोनाम ल्होछारको अवसर पारेर माघ १८ गते उक्त कार्यक्रमको आयोजना गरिएको घेदुङ चितवनका अध्यक्ष बाबुलाल थिङ तामाङले जानकारी दिए ।
अध्यक्ष तामाङका अनुसार कार्यक्रममा घेदुङका पूर्वअध्यक्ष, तामाङ समुदायका चिकित्सक, पत्रकार, वकिल लगायतलाई सम्मान गरिने छ । उनले घेदुङलाई विभिन्न समयमा महत्वपूर्ण योगदान दिएका संघसंस्था र अन्य व्यक्तिलाई समेत सम्मान गरिने बताए ।
जिल्ला घेदुङले उक्त कार्यक्रममा सम्पूर्ण तामाङ समुदायलाई सहभागिताका लागि आह्वान समेत गरेको छ । सबैको साथ सहयोग अपेक्षा राख्दै आ–आफ्नो स्थानबाट सक्दो सहयोगको लागि अध्यक्ष तामाङले आग्रह समेत गरेका छन् । कार्यक्रम जिल्ला समन्वय समिति चितवनको हलमा हुने आयोजकले जनाएको छ ।
प्रथम राप्ती सोनाम ल्होछार साँस्कृतिक उत्सव–२०८०
नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति चितवन र नेपाल तामाङ घेदुङ राप्ती नगर इकाई कमिटीको संरक्षकत्वमा ल्होछारकै अवसर पारेर चितवनको राप्तीमा प्रथम राप्ती सोनाम ल्होछार साँस्कृतिक उत्सव–२०८० हुन गइरहेको जिल्ला अध्यक्ष तामाङले जानकारी दिए ।
श्री च्योमदेन दे ढा च्योम बौद्ध गुम्बा आयोजक रहेको उक्त साँस्कृतिक उत्सव माघ २४ गतेदेखि ७ गतेसम्म संचालन हुनेछ । राप्ती ९, वन गु्रप क्याम्पामा हुन गइरहेको उक्त उत्सव चार दिनसम्म चल्नेछ ।
नेपाल तामाङ घेदुङ केन्द्रीय सर्कुलर अनुसार यो पटक सोनाम ल्होछारलाई गाउँ केन्द्रित गरिएको उनको भनाइ छ । उनले चितवन जिल्लामै पहिलो पटक हुन गइरहेको साँस्कृतिक उत्सवले तामाङ जातिको पहिचानका लागि थप बल पुग्ने बताए ।
यसअघि जिल्ला घेदुङले माघ २२ गते नारायणी नदी किनारमा सोनाम ल्होछार मनाउने घोषणा गरेको थियो । चितवनका विभिन्न गुम्बा तथा तामाङ सम्बद्ध विभिन्न संघसंगठनहरुले भने माघ २७ गते नै सोनाम ल्होछार मनाउने तयारी तिब्र पारेको छ ।
यसैबीच नेपाल तामाङ घेदुङ संघीय सचिव गोमनसिंह तामाङले जिल्लाबाट हुने हरेक गतिविधिमा केन्द्रको पूर्ण सहयोग रहने बताएका छन् । संघीय सचिव तामाङले सोनाम ल्होछार मनाउँदा आर्थिक व्ययभार कम गरी तामाङ सेलो र आफ्नो संस्कृतिमा जोड दिन आग्रह गरेका छन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61