चितवन / राष्ट्रिय समाचार समिति (रासस) जिल्ला कार्यालय चितवन र इच्छाकामना गाउँपालिकाले प्रजातन्त्र दिवस तथा ६३औँ वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा सरोकारवालाले तीन वटै तहका सरकार र सञ्चारमाध्यमबीच बहस जरुरी रहेको बताएका छन् ।
उनीहरुले ‘सङ्घीयता, स्थानीय सरकार र पत्रकारबीच अन्तरक्रियामा नागरिकलाई सङ्घीयताको प्रत्याभूति दिलाउन स्थानीय तह प्रदेश र केन्द्र तीनै तहका सरकार र सञ्चारमाध्यमबीच बहस तथा पैरवी आवश्यक रहेकोमा जोड दिए ।
इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सञ्चारमध्यम र पत्रकारको महत्वपूर्ण भूमिका हुने उल्लेख गरे । उनले स्थानीय सरकारले गरेका काम जनतासामु जस्ताको त्यस्तै पु¥याउनु पनि सञ्चारमाध्यमको दायित्व भएको बताए ।
उनले भने, “लामो सङ्घर्षपछि प्राप्त उपलब्धिको रक्षा गर्न पत्रकारको महत्वपूर्ण भूमिका रहन्छ, जनप्रतिनिधिले कस्तो काम गरेका छन् जस्ताको त्यस्तै जनतासामु समाचारमार्फत पु¥याउनु आवश्यक छ ।” उनले स्वच्छ आलोचनाले आफ्ना कमीकमजोरी सच्याउने मौका प्राप्त हुने बताए ।
उनले ग्रामीण क्षेत्रमा भएका गतिविधिलाई उजागर गर्न पत्रकारलाई आग्रह गरे । उनले पर्यटकीय हिसाबले महत्वपूर्ण इच्छाकामनाका ग्रामीण क्षेत्रमा पुगेर स्थलगत रिपोर्टिङ गर्न पनि अनुरोध थियो । उनले भने, “इच्छाकामना विकट होइन, पर्यटकीयस्थल हो, यहाँबाट हिमालदेखि तराईका फाँट सहजै दृश्यावलोकन गर्न सकिन्छ, सो विषयमा तपाईंहरुले समाचारमार्फत सहयोग गर्नुपर्छ ।”
प्रेस युनियनका पूर्ववरिष्ठ उपाध्यक्ष दीपक आचार्यले तीन तहका सरकारबीच कार्य विभाजनको अन्यौलताले नागरिकले सङ्घीयताको अनुभूत गर्न नपाएको धारणा राखे । उनले भने, “सङ्घीयताका विषयमा मिडिया र तीनै तहका सरकारबीच गहनरुपमा बहस पैरवी हुन आवश्यक छ ।”
तीनै तहका सरकारको कार्य विभाजनमा अलमलता देखिएको भन्दै आचार्यले सङ्घीय सरकारले गर्ने काम के हो ? प्रदेश सरकारले गर्ने काम के हो र स्थानीय सरकारले गर्ने काम के हो ? भन्ने अझै निक्र्याैल हुन सकेको बताए । उहाँले सबैभन्दा प्रभावकारी र पहिलो समाचारको माध्यम स्थानीय मिडिया भएकाले स्थानीय सरकारले मिडियामैत्री कानुन बनाउन आवश्यक रहेकोमा जोड दिए ।
गाउँपालिका उपाध्यक्ष माया सिलवालले इच्छाकामना भूगोलले विकट रहे पनि धार्मिक तथा पर्यटकीयस्थलले भरिपूर्णरहेको बताए । उनले यहाँको प्रचारप्रसारका लागि भूमिका निर्वाह गर्न पत्रकारलाई आग्रह गरे ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेत, प्रेस चौतारी नेपालका निर्वाचन आयोगका केन्द्रीय उपाध्यक्ष नवराज ढकाल, प्रेस युनियन चितवनका अध्यक्ष अनिल भट्टराई, प्रेस सेन्टर चितवनका उपाध्यक्ष राजेन्द्र आचार्य, इच्छाकामना–५ का वडाध्यक्ष रुद्र उप्रेतीलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
राष्ट्रिय समाचार समिति चितवनका प्रमुख नारायण अधिकारीले राससको सेवाबारे जानकारी गराउँदै सङ्घीयतामा स्थानीय तहसम्म पत्रकारलाई पु¥याउने उद्देश्यले गाउँपालिका आएर कार्यक्रम गरिएको बताए ।
- ADVERTISEMENT -

राससको ६३औँ वार्षिकोत्सव : सञ्चारमाध्यमबीच बहस गर्न सरोकारवालाको जोड

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
148.82
149.42

European Euro
1
175.40
176.11

UK Pound Sterling
1
201.60
202.41

Swiss Franc
1
189.94
190.71

Australian Dollar
1
106.73
107.16

Canadian Dollar
1
108.38
108.82

Singapore Dollar
1
117.02
117.50

Japanese Yen
10
9.36
9.40

Chinese Yuan
1
21.82
21.91

Saudi Arabian Riyal
1
39.67
39.83

Qatari Riyal
1
40.82
40.98

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
40.52
40.68

Malaysian Ringgit
1
37.64
37.79

South Korean Won
100
10.08
10.12

Swedish Kroner
1
16.22
16.28

Danish Kroner
1
23.47
23.57

Hong Kong Dollar
1
19.02
19.09

Kuwaity Dinar
1
486.02
487.98

Bahrain Dinar
1
394.54
396.13

Omani Rial
1
386.54
388.10











