२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026
२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026 Friday
- ADVERTISEMENT -

चितवनमा जनजाति महासंघले पहिलो पटक महोत्सव गर्दै

प्रकाशित मिति : २०८० फाल्गुन २० गते

चितवन / भरतपुर भ्रमण वर्ष–२०२४ को अवसर पारेर नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवनले नारायणी नदी किनारमा ‘आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सव–२०८०’ गर्ने भएको छ ।

आउँदो चैत ९ देखि १८ गतेसम्मको लागि महोत्सव आयोजना गर्ने तयारी भइरहेको महासंघका अध्यक्ष महेन्द्र दुराले जानकारी दिए । उनका अनुसार चितवनमा आदिवासी जनजाति महासंघले पहिलोपटक महोत्सव आयोजना गर्न लागेको हो ।

- ADVERTISEMENT -

Advertisement

मङ्सिरदेखि नै महोत्सव आयोजना गर्ने योजना बनाए पनि विभिन्न कारणले पछि धकेलिएको उनको भनाइ छ। आदिवासी जनजाति समुदायको संस्कृति र जातीय पहिचानलाई केन्द्रमा राखेर महोत्सव आयोजना गर्न लागिएको उनको भनाइ छ। ‘भेषभूषा र खानपानसँगै मञ्चमा हुने गतिविधिमार्फत आदिवासी जनजातिलाई केन्द्रमा राखेर काम गर्न खोजेका छौँ,’ उनले भने, ‘यसो भन्दै गर्दा आदिवासी जनजाति समुदायलाई मात्रै स्थान दिने भन्ने होइन ।’

महोत्सवलाई सबैको साझा महोत्सव बनाउने विषयमा जनजाति महासंघ सचेत रहेको उनले बताए। महोत्सवबाट आदिवासी जनजाति सांस्कृतिक हिसाबले पनि एकतामा रहेको सन्देश फैलाउने लक्ष्य लिइएको उनको भनाइ छ ।

महासंघका सचिव रामबहादुर भुजेलका अनुसार नारायणी नदी किनारमा हुने महोत्सवमा कम्तिमा दुई सयभन्दा बढी व्यापारिक स्टल रहने छ। चैतको ९ गतेदेखि महोत्सव लगाउने निश्चित भइसकेको हुँदा तयारीलाई तीव्र पारिएको उनले बताए । ‘हामीसँग तयारी गर्ने समय एक महिना पनि छैन। त्यसकारण तीव्र गतिमा तयारी गर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘त्यसकारण भरतपुर महानगरपालिकाबाट अनुमति पाइसकेपछि हामी तयारीलाई नै तीव्रता दिइरहेका छौँ ।’

कम्तिमा दुई लाख दर्शकलाई महोत्स्व अवलोकन गराउने गरी तयारी थालिएको उनले बताए । चितवनमा थारू, चेपाङ, तामाङ, गुरूङ, मगर, नेवार, कुमाल, दरै, दुरा, थकाली, ह्योल्मो, राई, लिम्बू, भुजेलसहित १७ वटा आदिवासी जनजाति समुदाय संगठित छन् । ती सबैलाई एकै ठाउँमा समेटिने गरी महोत्सव आयोजना गर्न लागेको महासंघका सचिव भुजेलले जानकारी दिए ।

‘महोत्सवमा चितवनका आदिवासी जनजाति सम्वद्ध सबैजसो संघसंस्थाको प्रतिनिधित्व हुने छ,’ उनले भने, ‘सबै जातजातिले आ–आफ्नो भेषभूषा तथा संस्कृतिलाई प्रदर्शन गर्न पाउने छन् ।’ त्यसबाहेक चितवन जिल्लामा उत्पादन भएका वस्तुको बजारीकरणमा समेत टेवा पुग्ने गरी महोत्सव आयोजना गर्न लागेको उनले बताए । ‘स्थानीय उत्पादनको प्रवद्र्धन तथा बिक्री वितरण, कृषि, जडिबुटी तथा खनिजजन्य उत्पादनको प्रदर्शन र बिक्री वितरण गरिने छ,’ उनले भने ।

चितवन जिल्लाका आदिवासी जनजाति समुदायलाई संगठित बनाउन विसं. २०५५ सालमा ओम गौचनको अध्यक्षतामा नेपाल आदिवासी जनजाति संघ गठन भएको थियो । संस्था स्थापनाको साढे दुई दशकपछि हाल महासंघले पहिलोपटक महोत्सव आयोजना गर्ने तयारी थालेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.51
151.11
European Euro
1
177.07
177.77
UK Pound Sterling
1
204.87
205.68
Swiss Franc
1
193.46
194.23
Australian Dollar
1
109.21
109.65
Canadian Dollar
1
110.45
110.89
Singapore Dollar
1
118.90
119.37
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.13
22.22
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.29
41.46
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
38.49
38.65
South Korean Won
100
10.37
10.42
Swedish Kroner
1
16.36
16.42
Danish Kroner
1
23.69
23.79
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
491.54
493.50
Bahrain Dinar
1
398.91
400.50
Omani Rial
1
390.90
392.46