April 30, 2025

सुनमा एकैदिन दुईहजारले भारी वृद्धि

March 3, 2024
- ADVERTISEMENT -

काठमाडौं / नेपाली बजारमा सुनको भाउ अत्यधिक बढेको छ । आज (आइतबार) एकैदिन सुनको मूल्य दुई हजार रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख २१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

यसअघि सुनको मुल्य शुक्रबार प्रतितोला छ सय रूपैयाँ बढेको थियो ।

- ADVERTISEMENT -