April 26, 2025

सुनको ब्रासलेटसहित एक जना पक्राउ

March 27, 2024
File photo.
- ADVERTISEMENT -

काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० ग्राम तौलको सुनसहित मंगलबार एक जना पक्राउ परेका छन् ।

भन्सार छली अवैध रूपमा सङ्कलन गरी लैजान लागेको करिब ५० ग्राम तौलको सुनको एक थान ब्रासलेटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहा धनगढीमाई नगरपालिका–११ घर भएका २३ वर्षीय पुरुषोत्तम शर्मा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट बाह्य मुलुकबाट नेपाल आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा सङ्कलन गरी लैजान लागेको उक्त धातुसहित फेला पारी उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनलाई थप अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

- ADVERTISEMENT -