January 24, 2025
- ADVERTISEMENT -

नदी किनारमा आज मेलिना र कमल खत्रीको प्रस्तुति

March 27, 2024

चितवन । नारायणी नदी किनारमा जारी प्रथम आदिवासी जनजाति साँस्कृतिक तथा व्यापारिक महोत्सवको आज (बुधबार) गायिका मेलिना मैनालीले प्रस्तुति दिने छन् । गायिका मैनालीसँगै कमल खत्री, सम्झना लामिछाने मगर पनि मञ्च साझा गर्ने महोत्सवका साँस्कृतिक कार्यक्रम संयोजक ईश्वर रानामगरले जानकारी दिए ।

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिसद् चितवनले आयोजना गरेको जनजाति महोत्सवको आज छैंठो दिन हो । संयोजक रानामगरका अनुसार राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका कलाकारहरूको प्रत्यक्ष दोहोरीसँगै स्थानीय कलाकारहरूले प्रस्तुति रहने छन् । आदिवासी जनजातिसँग सम्बन्धित विभिन्न खालका नृत्यमार्फत मञ्च तताउने कार्यक्रम रहेको उनले बताए ।

साँस्कृतिक कार्यक्रममा मंगलबार भने युवायुवतीको धड्कनमा बस्न सफल गायिका एलिना चौहानले बेजोड प्रस्तुति दिएकी थिइन् । गायिका चौहानको ‘धोकेबाज हौ तिमी’ र ‘कट्टा हान्दिछु’ गीतमा दर्शकहरुले भरपुर आनन्द लिँदै झुमेका थिए ।

गायिका चौहान यसअघि भरतपुर भ्रमण वर्षको कार्यक्रममा पनि मञ्च तताउन चितवन आएकी हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -