Opens in a new tab
२०८३ मंसिर ८, सोमबार
November 23, 2026
२०८३ मंसिर ८, सोमबार
November 23, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

विवाह भएको १२ दिनपछि श्रीमती पुरूषको रुपमा फेला …

प्रकाशित मिति : २०८१ बैशाख ३० गते
sketch

भारत / नेपालमा गतवर्ष एउटा घटना भएको थियो, जहाँ बिहे गरेको ६ महिनापछि मात्रै नम्बर राई नामका युवकले आफ्नी श्रीमती पुरुष भएको थाहा पाएका थिए ।

बिहे गरेको त्यति लामो समयसम्म पनि आफ्नै दुलही महिला नभएको थाहा नपाउने रु भनेर ती युवाको खिसिट्युरी निकै भयो । तर यो दुनियाँमा बिहे गरेको लामो समयसम्म पनि पत्नीको लिंग छुट्टाउन नसकेका पीडितहरु नम्बर राई मात्र होइन रहेछन् ।

इण्डोनेसियामा पनि हालै यस्तै घटना भएको छ । त्यहाँका एकजना व्यक्तिले बिहे गरेर ल्याएको १२ दिनपछि मात्रै आफ्नी श्रीमती पुरुष भएको पत्तो पाएका छन् ।

२६ वर्षका ती युवकले १२ दिनअघि मात्रै आफुले बिहे गरेर ल्याएकी बेहुली पुरुष भएको थाहा पाएपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

वास्तवमा उनीहरुबीच इन्टरनेटमा भेट भएर प्रेम सम्बन्ध कायम भएको थियो । त्यसपछि उनीहरु भौतिक रुपमै डेटिंगमा गए र केही समयपछि बिहे गरे । डेटिंगमा गएको बेला उनले गर्लफ्रेण्डको सरीरको पछिल्लो भाग अनौठो देखेका थिए, तर उनले शंका गरेनन् ।

आफ्नो नाम एडिन्डा कान्जा अजाहारा बताएकी ती महिलाले अनुहार भने हिजाब लगाएर सधै छोप्ने गरेकी थिइन् । त्यसो गर्दा उनलाई आफ्नी गर्लफ्रेण्ड निकै लजालु भनेर झनै मन परेको थियो ।

ती दुईले बिहे गर्ने निर्णय त गरे तर बिहे गरेर सम्बन्धित सरकारी निकायमा दर्ता गर्न भने अजाहाराले आनाकानी गरिन् । आफ्नी आमाको मृत्यु भएको र बुवा बेपत्ता भएकोले आफुले अभिभावकहरुलाई बोलाउन नसक्ने बताएपछि युवकका गाउँलेहरुले एउटा सानो समारोहमा धार्मिक गुरुलाई बोलाएर उनीहरुको बिहे गराइदिए ।

बिहेपछि पनि उनको आनीबानी बदलिएन । उनले अनुहारमा हिजाब लगाउन छाडिनिन् र बेहुलाका परिवारसँग पनि घुलमिल भइनन् । साथै लोग्नेसँग शारीरिक सम्पर्क गर्न पनि उनले आनाकानी गरिन् ।

त्यसपछि ती युवकलाई शंका लाग्यो र उनले परिवारसँग गुनासो गरे । छोराको भनाई अनुसार परिवारजनले ती नव बेहुलीमाथि अनुसन्धान सुरु गरे । त्यसक्रममा अजाहारा वास्तवमा पुरुष रहेको र उनले आफ्नो नाम र लिंग ढाँटेको खुलासा भयो । साथै उनका बुवा पनि बेपत्ता नभएको र घरमै रहेको थाहा भयो । बेहुलीको त्यस्तो करतुत थाहा पाएपछि उनीहरुले तत्कालै प्रहरीलाई खबर गरे।

प्रहरीले पक्राउ गरेपछि बेहुली बनेका ती युवकले अपराध स्वीकार गरेका छन् र पैसाको लागि आफु महिला बनेर युवकसँग बिहे गरेको बताएका छन् । उनीमाथि फौजदारी कानून अन्तरगत मुद्दा चलाइएको छ । (एजेन्सीको सहयोगमा)

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
147.98
148.58
European Euro
1
162.41
163.07
UK Pound Sterling
1
193.96
194.75
Swiss Franc
1
175.88
176.60
Australian Dollar
1
98.55
98.95
Canadian Dollar
1
103.33
103.75
Singapore Dollar
1
114.77
115.24
Japanese Yen
10
9.32
9.36
Chinese Yuan
1
22.16
22.25
Saudi Arabian Riyal
1
39.44
39.60
Qatari Riyal
1
40.61
40.78
Thai Baht
1
4.36
4.38
UAE Dirham
1
40.29
40.45
Malaysian Ringgit
1
35.98
36.13
South Korean Won
100
11.06
11.11
Swedish Kroner
1
14.51
14.57
Danish Kroner
1
21.73
21.82
Hong Kong Dollar
1
18.88
18.96
Kuwaity Dinar
1
478.90
480.84
Bahrain Dinar
1
392.29
393.88
Omani Rial
1
384.36
385.92