२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026
२०८३ जेष्ठ २३, शनिबार
June 6, 2026 Saturday
- ADVERTISEMENT -

उपत्यका बाहिर चितवनमा पहिलो पटक कुहिनोको जोर्नी प्रत्यारोपण

प्रकाशित मिति : २०८१ भाद्र २५ गते

चितवन / भरतपुरस्थित एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर प्रालिमा राजधानी बाहिर पहिलो पटक कुहिनाको जोर्नी प्रत्यारोपण गरिएको छ । अस्पतालका अर्थोपेडिक सर्जन डा प्रमोद लामिछाने र डा अनिल भट्टराई नेतृत्वमा राजधानी बाहिर पहिलोपटक कुहिनाको जोर्नी प्रत्यारोपण गरिएको सोमबार हस्पिटलले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

४८ वर्षदेखि कुहिनाको समस्या भएका भरतपुर १० का ५५ वर्षिय एक पुरुषको जोर्नी शल्यक्रिया गरेको डा लामिछानेले बताए । ‘केही महिना अघि काठमाण्डौँको बि एण्ड बि अस्पतालमा पहिलोपटक कुहिनाको जोर्नी प्रत्यारोपण भएको थियो ।

- ADVERTISEMENT -

Advertisement

‘हामीले नेपालमै दोस्रो र काठमाण्डौँ बाहिर पहिलोपटक प्रत्यारोपण गर्न सफल भएका छौँ’ हस्पिटलका अध्यक्ष समेत रहनुभएका डा लामिछानेले भने । उनका अनुसार हस्पिटलले भदौ १६ गते सफलता पुर्वक प्रत्यारोपण गरेको हो । बिरामी सोमबार नै डिस्चार्ज भएको थियो । कुहिनाको जोर्नी प्रत्यारोपण जटिल र महंगो हुने उनले बताए ।

अन्तराष्ट्रिय अभ्यास हेर्दा पनि कुहिनांको जोर्नी प्रत्यारोपण जटिल र अरु जोर्नी प्रत्यारोपणको तुलनामा निकै कम संख्यामा हुने शल्याक्रिया रहेको अर्थोपेडिक डा अनिल भट्टराईले जानकारी दिए । बिरामी भेटिएमा नियमित रुपमा जोर्नी प्रत्यारोपण गर्न सकिने उनले बताए । जोर्नी प्रत्यारोपणका लागि भारतबाट एक जना प्राविधिक आएका थिए । कुहिनाको कृतिम जोर्नीलाई साढे तीन लाखको हाराहारीमा पर्ने गर्दछ । शल्यक्रिया र हस्पिटल शुल्क गरेर पाँच लाख हाराहारीमा कुहिनाको जोर्नी प्रत्यारोपण गरिएको हस्पिटले बताएको छ । सफल शल्यक्रिया पछि बिरामीले खुसी व्यक्ति गर्नुभयो । ‘अहिलेसम्म टिसट लगाएको थिएन ।

- ADVERTISEMENT -

Advertisement

‘सर्ट मात्र लगाउने गरेको थिए’ – उनले भने, ‘टिसट लगाउन मिल्ने र हात सोझो हुँदा धेरै खुसी लागेको छ ।’ उनको हातमा सात वर्षको उमेरदेखि नै यस्तो समस्या देखिएको हो । नेपालमा घुँडा र हिपको प्रत्यारोपण धेरै हुने गर्दछ ।

एलाईभ हस्पिटलले यसअघि सयको हाराहारीमा घुँडाको प्रत्यारोपण गरिसकेको छ । एलाइभमा एक सय ५० भन्दा बढी र वर्षमा २ हजारभन्दा बढी दुर्घटनाबाट हुने चोटपक तथा मेरुदण्डको अपरेशन, घुँडा र कट्टी जोर्नीको प्रत्यारोपण गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.62
152.22
European Euro
1
176.47
177.17
UK Pound Sterling
1
204.25
205.06
Swiss Franc
1
192.51
193.27
Australian Dollar
1
108.29
108.72
Canadian Dollar
1
109.25
109.68
Singapore Dollar
1
118.15
118.62
Japanese Yen
10
9.48
9.52
Chinese Yuan
1
22.41
22.50
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.62
41.79
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.64
37.79
South Korean Won
100
9.85
9.89
Swedish Kroner
1
16.24
16.30
Danish Kroner
1
23.61
23.70
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
493.96
495.91
Bahrain Dinar
1
402.07
403.66
Omani Rial
1
393.80
395.36