२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026
२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026 Friday
- ADVERTISEMENT -

चितवनमा स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न जुत्ताचप्पल मेला हुने

प्रकाशित मिति : २०८१ भाद्र २९ गते

चितवन / भरतपुरमा वडादशैं जुत्ताचप्पल व्यापार मेला हुने भएको छ । चितवन उद्योग संघको आयोेजनामा चितवन प्रदर्शनी केन्द्रमा असोज १ देखि २४ गतेसम्म मेला आयोजना हुन लागेको शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

सम्मेलनमा स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले पर्व मेला २०८१ अन्तर्गत जुत्ताचप्पल व्यापार मेला आयोजना गरिएको चितवन उद्योग संघका अध्यक्ष सुर्यप्रसाद न्यौपानेले बताए ।

- ADVERTISEMENT -

Advertisement

मेलाले स्वदेशी जुत्ता चप्पलको बारेमा आम उपभोक्तालाई जानकारी गराउन सकिने उनको भनाइ थियो । स्वदेशी उत्पादन उपभोगका लागि आम जनमानसमा प्रचारप्रसार गर्न यो मेलाले सहयोग पु¥याउने उनले बताए ।

उनका अनुसार मेलाले आर्थिक रुपमा चलायमान गराउँदै उद्यमी विच स्वच्छ प्रतिस्पर्धा गर्ने अवसर समेत प्रदान गर्ने विश्वास व्यक्त गरे ।

सह–प्रायोजक संस्था बेस ग्लोबल प्रा.लिका अध्यक्ष होमनाथ उपाध्यायले मेलामा आठ कम्पनीका नौं वटा ब्राण्डका जुत्ता प्रदर्शनीमा राखिने जानकारी दिए । मेलामा ४० वटा स्टल रहने बताइएको छ ।

नेपालमा उत्पादित जुत्ताचप्पल तथा छालाजन्य वस्तुहरु लेडिज, जेन्स, बच्चा सबैलाई समेटिनेगरी आकर्षक छुटमा खरिद गर्न सकिने उनले भने ।

आयोजकले मेलामा करिब ३० हजार जोर जुत्ता, चप्पलको बिक्री हुने हुने र १ करोड ५० लाख बराबरको आर्थिक कारोबार हुने अपेक्षा राखिएको छ ।

प्रत्येक दिन जुत्ता चप्पल खरिद गर्ने ग्राहकलाई कुपनको ब्यवस्था गरिएको छ भने जुत्ताचप्पल खरिदमा १५ देखि ५० प्रतिशतसम्म छुट हुनेछ ।

यस्तै मेलामा सहभागी मध्येबाट लक्की ड्र मार्फत खोलिने कुपनहरुबाट एक जनालाई ५० हजार बराबरको खसी उपहार प्रदान गरिने आयोजकले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.51
151.11
European Euro
1
177.07
177.77
UK Pound Sterling
1
204.87
205.68
Swiss Franc
1
193.46
194.23
Australian Dollar
1
109.21
109.65
Canadian Dollar
1
110.45
110.89
Singapore Dollar
1
118.90
119.37
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.13
22.22
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.29
41.46
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
38.49
38.65
South Korean Won
100
10.37
10.42
Swedish Kroner
1
16.36
16.42
Danish Kroner
1
23.69
23.79
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
491.54
493.50
Bahrain Dinar
1
398.91
400.50
Omani Rial
1
390.90
392.46