२०८३ बैशाख ९, बुधबार
April 22, 2026
२०८३ बैशाख ९, बुधबार
April 22, 2026 Wednesday
- ADVERTISEMENT -

होटल हेप्पी होमले मनाए सातौं वार्षिकोत्सव

थारु परिकारमा जोड, दशैंदेखि छठसम्म मदिराजन्य पदार्थमा छुट
प्रकाशित मिति : २०८१ आश्विन ७ गते

– विना तामाङ
चितवन । भरतपुर ३, कमलनगर स्थित होटल हेप्पी होमले सातौं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा केक काटी शुभकामना आदानप्रदान गरी आइतबार हेप्पी होमले वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवको अवसरमा बोल्दै हेम्पी होमका संचालक कृष्ण महतोले आजैदेखि दशैं, तिहार र छठसम्मको लागि मदिराजन्य पदार्थमा अधिकतम खुद्रा मूल्य (एमआरपी) मा बिक्री वितरण गरिने जानकारी दिए ।

- ADVERTISEMENT -

Advertisement

भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गरेर चितवन, नवलपुर र तनहुँ आसपासका पर्यटकीय तथा धार्मिक गन्तव्यहरुमा पाहुनालाई प्याकेजमा घुमाउने व्यवस्था समेत मिलाइएको संचालक महतोले बताए ।

‘ह्याप्पी होमले सेवाग्राहीको सन्तुष्टिलाई नै आफ्नो लक्ष्य बनाएको छ’ उनले भने, ‘हामीकहाँ आइसकेका ग्राहक सेवा लिएपछि फर्किएर जाँदा खुसी हुनुपर्छ ।’ होटलको नाम ह्याप्पी होम राखेका संचालक महतो घरेलु वातावरणमा ग्राहकलाई सेवा दिइरहेको बताउँछन् ।

हेप्पी होममा विशेषगरी घरायसी वातावरणमा थारु खानाको मजा लिन पाइन्छ । थारु जातिका विशेष परिकार घोँगी, चिचर, माछा, ढिकरी, हाँसको छोयला जति बेला पनि पाइन्छ । ढिकरी चामलको पिठोबाट तयार पारिने परिकार हो भने चिचर अनदीको चामलबाट बनाइन्छ ।

थारु परिकारबाहेक चाइनिज, इन्डियन र कन्टिनेन्टल खाना पनि यहाँ उपलब्ध छ । यसका साथै ग्राहकलाई आरामदायी रात बिताउनका लागि २० वटा एसी रुमको व्यवस्था गरिएको उनले भने ।

शान्त र पारिवारिक वातावरणमा सेवा प्रदान गर्न पिसफुल गार्डेन रहेको छ । गार्डेनमा सानातिना कार्यक्रमसमेत आयोजना हुने गरेका छन् । पार्किङको सुविधा भएको ह्याप्पी होममा मिटिङ हल र सेमिनार हलसमेत छन् ।

मनमोहक इन्टेरियर रहेको ह्याप्पी होममा खडाईको पर्दा, माछा मार्ने जाल र मकैको झोता सजाइएको छ । देशको पूर्वदेखि पश्चिमसम्मका ठाउँबाट थारु नेता, कलाकार चितवन आउँदा ह्याप्पी होममा जमघट हुने गरेको उनी बताउँछन् ।

होटल हेप्पी होम २०७४ साल असोज ६ गतेदेखि संचालनमा आएको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.31
149.91
European Euro
1
175.69
176.39
UK Pound Sterling
1
201.84
202.66
Swiss Franc
1
191.53
192.30
Australian Dollar
1
106.95
107.38
Canadian Dollar
1
109.34
109.78
Singapore Dollar
1
117.42
117.90
Japanese Yen
10
9.38
9.42
Chinese Yuan
1
21.91
21.99
Saudi Arabian Riyal
1
39.81
39.97
Qatari Riyal
1
40.96
41.12
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
40.65
40.81
Malaysian Ringgit
1
37.79
37.94
South Korean Won
100
10.16
10.20
Swedish Kroner
1
16.33
16.39
Danish Kroner
1
23.51
23.60
Hong Kong Dollar
1
19.07
19.14
Kuwaity Dinar
1
487.38
489.34
Bahrain Dinar
1
395.89
397.48
Omani Rial
1
387.81
389.37