२०८३ श्रावण ३, आईतवार
July 19, 2026
२०८३ श्रावण ३, आईतवार
July 19, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

नारायणीकिनारको पुनःनिर्माणको लागि सरोकारवालाबीच छलफल

प्रकाशित मिति : २०८१ आश्विन १७ गते

चितवन । नारायणी नदीकिनारमा बाढीले पुर्याएको क्षति र व्यवस्थापनको लागि बुधबार सरोकारवालाबीच छलफल भएको छ ।

भरतपुर महानगरपालिका वडा नं–१ कार्यालयको आयोजनामा भएको कार्यक्रममा महानगरका उपप्रमुख चित्रसेन अधिकारी, उद्योग वाणिज्य संघ–चितवनका पदाधिकारी लगायतसँग छलफल गरेको हो । छलफलपश्चात् नदीकिनारमा भएको क्षति तत्काल मर्मत तथा पुनःनिर्माण गर्ने निर्णय गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

भरतपुर–१ का वडा अध्यक्ष केशव महर्जनले नदीकिनारको मैदानमा बाढीले बनाएको खाल्डा महानगरले तत्कालै पुर्ने बताएका छन् । उनले भने, ‘नदीकिनारमा हुने व्यावसायिक गतिविधिबाट महानगरले कर लिने भएकाले मर्मत तथा पुनःनिर्माणको काम पनि महानगरले नै गर्ने छ ।’

वडाध्यक्ष महर्जनले भने, ‘प्रशोधन केन्द्रबाट नदीतर्फ निस्किएका पाइप फुटेका छन् । त्यो पनि तत्कालै मर्मत तथा जडान गर्ने कुरा भएको छ । तत्कालै गर्न सकिने काम तत्कालै गर्ने र बाँकी कामको दीर्घकालीनरुपमा योजना बनाएर काम गर्ने कुरा उपप्रमुखज्यूले गर्नुभएको छ ।’

- ADVERTISEMENT -

Advertisement

फुटट्रेललगायतका संरचनाको काम भने प्राविधिकले क्षतिको मूल्याङ्कन गरेपछि गुरूयोजना बनाएर अघि बढ्ने तय भएको उनले बताए । त्यस्तै लीलाचोक, युरेसिया रेयुकाईपछाडि र जेसीज भवनपछाडि नदीकिनारको गरी तीनवटा सार्वजनिक शौचालयको मर्मतसम्भार पनि तत्कालै हुने भएको छ । बाढीले नदीकिनारका २० जना अव्यवस्थित बसोवासीको घरमा क्षति पु¥याएको छ । उनीहरुले वडासँग क्षतिपूर्ति माग गरेका छन् ।

वडाध्यक्ष महर्जनका अनुसार २६ जना अव्यवस्थित बसोवासी भने त्यहाँबाट सुरक्षित स्थानमा जान चाहेका छन् । महानगरले सुरक्षित ठाउँको बन्दोबस्त गरिदिए आफूहरु नदीकिनारबाट हट्न चाहेको भनी उनीहरुले जानकारी गराएको उनले बताए । बाढीले आधारभूत विद्यालय, गौरेश्वर पशपुति मन्दिर, सत्यसाई सेवा केन्द्र र वडा कार्यालयको तल्ला भागमा पनि क्षति पुर्याएको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.76
154.36
European Euro
1
175.85
176.53
UK Pound Sterling
1
206.60
207.41
Swiss Franc
1
190.34
191.09
Australian Dollar
1
107.17
107.59
Canadian Dollar
1
109.57
110.00
Singapore Dollar
1
119.11
119.58
Japanese Yen
10
9.47
9.51
Chinese Yuan
1
22.69
22.78
Saudi Arabian Riyal
1
40.94
41.10
Qatari Riyal
1
42.17
42.34
Thai Baht
1
4.57
4.59
UAE Dirham
1
41.86
42.03
Malaysian Ringgit
1
37.55
37.69
South Korean Won
100
10.35
10.39
Swedish Kroner
1
15.91
15.97
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.61
19.69
Kuwaity Dinar
1
500.03
501.98
Bahrain Dinar
1
407.85
409.44
Omani Rial
1
399.36
400.91