२०८३ बैशाख ८, मंगलवार
April 21, 2026
२०८३ बैशाख ८, मंगलवार
April 21, 2026 Tuesday
- ADVERTISEMENT -

भरतपुर–१९ मा साँस्कृतिक, व्यापारिक तथा पर्यटन महोत्सव सुरु

मेयर रेनु दाहालद्वारा उद्घाटन
प्रकाशित मिति : २०८१ कार्तिक २६ गते

चितवन / दोस्रो भरतपुर–१९ साँस्कृतिक, व्यापारीक तथा पर्यटन महोत्सव २०८१ आइतबारदेखि सुरु भएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उक्त महोत्सवको उद्घाटन गरेकी हुन् ।

महोत्सवको उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुर भ्रमण वर्ष २०२४ ले सुस्ताउँदै गएको पर्यटनलाई महोत्सवले उकास्न सहयोग गरको बताइन् ।

- ADVERTISEMENT -

Advertisement

पर्यटन व्यावसायमा देखिएको निराशालाई आशामा परिणत गर्ने उद्देश्यले भ्रमण वर्ष आयोजना गरेसँगै यस बीचमा महोत्सवले आर्थिक गतिविधि चलायमान भएको उनको भनाइ थियो ।

भरतपुरमा पूर्वाधार विकासले मात्र पुग्दै भनि यसलाई पर्यटकीय गन्तव्यका रुपमा देश विदेशमा परिचित गराउन भ्रमण वर्ष आयोजना गरिएको उनको भनाइ छ ।

भरतपुर भ्रमण वर्षले सिंगो चितवनको पर्यटन व्यवसायलाई नै टेवा पुगेको उनले उल्लेख गरिन् । महानगरमा भ्रमण वर्षको अवसरमा विभिन्न संघ संस्था, निकायको समवन्य तथा आयोजनामा धेरै वटा मेला, महोत्सव तथा सभा सम्मेलन भएको स्मरण पनि गरिन् ।

आर्थिक मन्दी र आम जनतामा भएको निराशालाई हटाउन निजी क्षेत्रको सहकार्य र भरतपुर महानगरको आयोजना गरिएको भरतपुर भ्रमण वर्ष २०२४ उत्सवै उत्सवको वर्ष बनेको छ ।

महोत्सवमा पर्यटकलाई लक्षित गरी होटल तथा रेष्टुरेष्टहरुले ३० प्रतिशतसम्म छुटको व्यवस्था गरेका छन् । भरतपुरमा प्याराग्लाईडिङ–बोटिङ, जंगल सफारीदेखि होमस्टेसम्मको मज्जा लिन सकिन्छ ।

महानगरपालिकाले मुख्य ७ पर्यटकीय गन्तव्यसहित विभिन्न ४० वटा गन्तव्यको पहिचान पनि गरिसकेको छ । कार्यक्रममा भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, वडा नम्बर १२ का अध्यक्ष लेखराज पन्त, वडा नम्बर १९ का अध्यक्ष प्रकाश तमाङ लगायतले मन्तव्य राखेका थिए ।

दोस्रो संस्करणको महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृङ्गारका सामानलगायतका सय बढी स्टलहरु रहेका छन् ।

भरतपुर १९ शारदानगर, हेल्थपोष्ट चौरमा सुरु भएको महोत्सव कार्तिक २५ देखि मंसिर ९ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.39
148.99
European Euro
1
174.56
175.26
UK Pound Sterling
1
200.57
201.38
Swiss Franc
1
189.79
190.56
Australian Dollar
1
106.37
106.80
Canadian Dollar
1
108.37
108.80
Singapore Dollar
1
116.83
117.30
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
21.77
21.85
Saudi Arabian Riyal
1
39.56
39.72
Qatari Riyal
1
40.70
40.86
Thai Baht
1
4.65
4.66
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
37.54
37.70
South Korean Won
100
10.11
10.16
Swedish Kroner
1
16.19
16.26
Danish Kroner
1
23.36
23.45
Hong Kong Dollar
1
18.95
19.02
Kuwaity Dinar
1
484.38
486.34
Bahrain Dinar
1
393.61
395.20
Omani Rial
1
385.93
387.49