गैँडाकोट / नवलपुरको गैँडाकोटमा जारी गण्डकी प्रदेश महोत्सवको शनिबार एकैदिन ३० हजार दर्शकले अवलोकन गरेको आयोजकको दावी छ ।
सार्वजनिक बिदाको दिन परेको कारण दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक अमृत भट्टचनले बताए ।
- ADVERTISEMENT -

सोही दिन चर्चित गायक रामजी खाँण र गायिका प्रिती आलेको प्रस्तुती रहेकोले पनि दर्शकको उपस्थिति उल्लेख्य रहेको अनुमान गरिएको छ ।
दुवैले आफ्ना चर्चित गीतहरु गाउँदै दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गरेका महोत्सवको सांस्कृतिक समिति सहसंयोजक किशोर लम्सालले जानकारी दिए ।
महोत्सवमा स्थानीय कलाकार, थारु जतिको लठ्ठी नाच, विभिन्न जातजातिको सांस्कृतिक नृत्यहरु समेतको प्रस्तुति रहेको थियो । यस्तै श्याम राना, दीपक खड्कासहित स्थानीय कलाकारहरुले पनि मनोरंजन दिलाएका थिए ।











































