January 15, 2025
- ADVERTISEMENT -

आज गण्डकी प्रदेश महोत्सवमा अस्मिताको धमाका

November 19, 2024

गैँडाकोट / नारायणी नदीकिनारमा जारी गण्डकी प्रदेश महोत्सवमा आज (मंगलबार) कलाकार अस्मिता अधिकारीको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

कार्यक्रम सहसंयोजक किशोर लम्सालकाअनुसार अधिकारीको साथमा रवि रिमाल, ममता गुरुब, प्रतिभा गैरे, राजन दिल गुरुङलगायतका कलाकारहरुको प्रस्तुती रहने छ ।

सांस्कृतिक कार्यक्रममा हरेक दिन स्थानीय कलाकार तथा विभिन्न संघसंस्थाहरुको प्रस्तुती रहेको लम्सालले बताए ।

महोत्सवप्रति दर्शकहरुको आकर्षण दिनप्रतिदिन थपिँदै गएको महोत्सव मूल समिति संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवम् अमृत भट्टचनले बताए ।

हालसम्म करिब एक लाख दर्शकले अवलोकन गरिसकेको अध्यक्ष भट्टचनको दावी छ । महोत्सव मंसिर १० गतेसम्म सञ्चालन हुने भएकाले आयोजकको अपेक्षाअनुसार दर्शकको उपस्थिति र आर्थिक कारोबार हुने उनले भने ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -