२०८२ मंसिर २४, बुधबार
December 10, 2025
२०८२ मंसिर २४, बुधबार
December 10, 2025 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आज गण्डकी महोत्सवमा ज्योति मगरको धमाका

प्रकाशित मिति : २०८१ मंसिर ५ गते
File photo
- ADVERTISEMENT -

नवलपुर / गैँडाकोटमा जारी दोस्रो गण्डकी प्रदेश महोत्सवमा आज (बुधबार) चर्चित गायिका ज्योति मगरले प्रस्तुती दिँदैछन् ।

सांस्कृतिक कार्यक्रम समितिका सहसंयोजक किशोर लम्सालका अनुसार ज्योतिसँगै महोत्सवमा कलाकारहरु सञ्जना श्रेष्ठ, गणेश विश्वकर्मा, गायक तथा उद्घोषक सञ्जय देवकोटालगायतको प्रस्तुती रहने छन् ।

- ADVERTISEMENT -

Advertisement

नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा सञ्चालन भएको महोत्सवको व्यवस्थापन राजधानी अम्युजमेन्ट राइड्स नेपालले गरेको हो । महोत्सवमा हालसम्म एक लाख बढी दर्शकहरुले अवलोकन गरेको नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक अमृत भट्टचनको दावी छ ।

दोस्रो संस्करणको यस महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य
वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृब्गारका सामानलगायतका तीन सयभन्दा बढी स्टलहरु रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -