March 15, 2025
- ADVERTISEMENT -

आज गण्डकी महोत्सवमा बद्री पंगेनीको प्रस्तुति

ज्योतिले तताइन् स्टेज, सँगै झुमे दर्शक
November 21, 2024

गैँडाकोट / गण्डकी प्रदेश महोत्सवको जारी सांस्कृतिक कार्यक्रममा आज (बिहीबार) चर्चित लोक तथा दोहोरी गायक बद्रि पंगेनीले प्रस्तुति दिनेछ ।

पंगेनीसँगै रुपा घर्ती मगर, बेली डान्सर चन्दना विश्वकर्मा, दीपक गरौजालगायतका कलाकारहरु प्रस्तुती दिने कार्यक्रम सहसंयोजक किशोर लम्सालले जानकारी दिए ।

महोत्सवको सांस्कृतिक कार्यक्रममा बुधबार साँझ ६ बजेपछि स्टेज उक्लिएकी चर्चित गायिका ज्योति मगरले आफ्नो गीतमार्फत दर्शकहरुलाई भरपुर मनोरञ्जन दिइन् ।

साँझपख नारायणी नदीको हावाले चिसो बनाएको वातावरणलाई ज्योति मगरको गीतले तताउने काम गरेको थियो । उनले कान्छी मुसुक्कै झ्याउरेको तालैमा, ढाडे बिरालो, चोलीभित्र जवानीलगायतका गीतहरु गाएर दर्शकलाई उफारेकी थिइन् ।

महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, श्रृङ्गारका सामानलगायतका तीन सयभन्दा बढी स्टलहरु रहेका छन् ।

एक करोड ३० लाख रुपैयाँ बढीको आर्थिक कारोबार हुने आयोजकको दावी छ भने ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ ।

- ADVERTISEMENT -