January 15, 2025
- ADVERTISEMENT -

गण्डकी महोत्सवमा दर्शक बढ्दै, एकैदिन आठ हजारको अवलोकन

November 23, 2024

गैँडाकोट / नारायणी नदीकिनारमा जारी दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सवको शुक्रबार आठ हजार बढी दर्शकले अवलोकन गरेका छन् ।

महोत्सव आयोजक संस्था नपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष महोत्सव मूल समिति संयोजक अमृत भट्टचनले महोत्सवमा दर्शकहरुको आकर्षण थपिँदै गएको जानकारी दिए ।

नेपालमै पहिलोपटक अन्डर वाटर फिस टनेल राखिएका कारण समेत दर्शकहरुको संख्या बढेको उनको दावी छ । फिस टनेल अवलोकनका लागि मात्रै भनेर पनि धेरै मानिसहरु महोत्सवस्थलसम्म आइपुगेको उनले बताए ।

गैँडाकोटस्थित नारायणी नदीकिनारमा लाग्ने हरेक संस्करणको महोत्सवमा केही नौलो गर्दै जाने योजनाअनुसार यसपटकको महोत्सवमा नेपालमा नै पहिलोपटक अन्डर वाटर फिस टनेल निर्माण गरिएको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -