२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026
२०८३ जेष्ठ १७, आईतवार
May 31, 2026 Sunday

भारतीय क्रिकेट खेलाडी विराट कोहलीलाई कारबाही

प्रकाशित मिति : २०८१ पुष ११ गते

काठमाडौं / भारतीय क्रिकेट खेलाडी विराट कोहली आईसीसीको कारबाहीमा परेको छ ।

आईसीसीले अस्ट्रेलियासँगको चौथो टेस्ट खेलका क्रममा विपक्षी टिमका खेलाडीलाई जानाजान धक्का दिएको भन्दै कोहलीलाई कारबाही गरेको हो ।

- ADVERTISEMENT -

Advertisement

अस्ट्रेलियाका डेब्यूटेन्ट खेलाडी साम कोन्सटासलाई खेलका क्रममा नियतवश धक्का दिएको आईसीसीले निष्कर्ष निकालेको छ । यससँगै कोहलीको म्याच फीको २० प्रतिशत कटौती गर्नुका साथै एक डिमेरिट पोइन्ट पनि दिएको छ ।

एकपटक प्राप्त भएको डिमेरिट पोइन्ट २४ महिनासम्म रहिरहन्छ भने त्यस अवधिमा पाएका हरेक डिमेरिट पोइन्ट जोडिँदै जानेछ र सोही अनुसारको कारबाही हुने गर्छ ।

- ADVERTISEMENT -

Advertisement

आईसीसीको कोड अफ कन्डक्ट अनुसार क्रिकेटमा कुनै पनि प्रकारको अनुपयुक्त शारीरिक गतिविधि निषेध गरिएको छ । लापरबाहीपूर्वक हिँड्नु, जानाजान अर्को खेलाडी वा अम्पायरलाई काँधमा धक्का दिएमा सीमाभन्दा बाहिर गएर खेलाडीहरूले यो नियम उल्लङ्घन गरेको मानिन्छ ।

चौथो टेस्टको १० औं ओभर सकिएपछि कोहलीले कन्स्टासलाई धक्का दिएपछि दुईबिच मुखामुख भएको थियो । तर, अष्ट्रेलियन ओपनर उस्मान ख्वाजाले हस्तक्षेप गर्दा त्यो लामो समयसम्म जान पाएन ।

घटनापछि रिप्ले आउँदा एकतर्फ गइरहेका कन्स्टासलाई अर्को छेउबाट आएर जानीजानी काँधमा ठक्कर दिएको देखिन्थ्यो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.71
152.31
European Euro
1
176.64
177.34
UK Pound Sterling
1
203.59
204.39
Swiss Franc
1
193.83
194.60
Australian Dollar
1
108.64
109.07
Canadian Dollar
1
109.84
110.27
Singapore Dollar
1
118.76
119.23
Japanese Yen
10
9.52
9.56
Chinese Yuan
1
22.42
22.51
Saudi Arabian Riyal
1
40.43
40.59
Qatari Riyal
1
41.66
41.82
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.31
41.47
Malaysian Ringgit
1
38.26
38.41
South Korean Won
100
10.07
10.11
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.64
23.73
Hong Kong Dollar
1
19.36
19.44
Kuwaity Dinar
1
494.65
496.61
Bahrain Dinar
1
402.39
403.98
Omani Rial
1
394.05
395.61