February 6, 2025
- ADVERTISEMENT -

तामाङ पत्रकार संघमा नेत्र तामाङ निर्वाचित

December 30, 2024

काठमाडौ / तामाङ पत्रकारहरुको छाता संगठन तामाङ पत्रकार संघको सातौं संघीय राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा नेत्र तामाङ निर्वाचित भएको छ ।

काठमाडौंमा शनिबार सम्पन्न महाधिवेशनबाट अध्यक्ष तामाङको नेतृत्वमा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा तिर्थमान बल, उपाध्यक्षहरुमा साहिला तामाङ, शिशिर दोङ, डोल्माछिरिङ तामाङ, महासचिव सरस्वती तामाङ, सचिवहरुमा आदर्श थोकर, जिबी लामा, मिक्साङ वाइबा, कोषाध्यक्षमा हिरामान बल निर्वाचित भएका हुन् ।

यस्तै केन्द्रीय खुला सदस्यहरुमा अमृता तामाङ, अञ्जली तामाङ, पासाङ घिसिङ, सुदिन दोङ, संगम लामा, श्यामलाल योन्जन चयन भएका हुन् ।

त्यस्तै, केन्द्रीय सदस्यहरुमा राजेश रुम्बा लामा (बागमती प्रदेश), अर्जुन तामाङ, मानकाजी तामाङ, सन्तोष योन्जन तामाङ, शान्ती थिङ, राजकुमार स्याङ्बो, राधिका लो तामाङ, श्याम बहादुर तामाङ (अनिश), सोम्फे तामाङ रहेका छन् भने कोशी प्रदेशबाट अनुप योन्जन, सन्तोषीकला तामाङ, मधेश प्रदेशबाट साङ बहादुर लो (राजु) रहेका छन् ।

अन्य सदस्यहरु पहिलो बैठकबाट मनोनित गरिने नवनिर्वाचित अध्यक्ष तामाङले जानकारी दिए ।

महाधिवेशनको उद्घाटन ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले गरेका हुन् । तामाङ पत्रकारले संस्कार, संस्कृति र वेषभूषाको प्रचारप्रसारमा कलम चलाउनुपर्ने उनको भनाइ थियो । पत्रकारले सधैँ नयाँ र तथ्यगत समाचार समाजलाई पस्कनुपर्नेमा उनको जोड थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -