चितवन / नारायणी नदी किनारमा जारी चितवन महोत्सवमा आज (बुधबार) २०२४ की मिस नेपाल आउने भएको छ ।
महोत्सव सांस्कृतिक समिति संयोजक नारायण प्रधानका अनुसार दिउँसो १२ः४५ बजे मिस नेपाल आश्मा कुमारी केसीको उपस्थिति रहने छ । आज नै साँस्कृतिक कार्यक्रमको समापन गरिँदै छ ।
- ADVERTISEMENT -

यस्तै, नारायणी कला मन्दिरको केही साँस्कृतिक कार्यक्रम समेत रहने छन् ।
महोत्सवमा सांस्कृतिक कार्यक्रमसहित नृत्य प्रतियोगिता, दोहोरी प्रतियोगिता, विभिन्न खेलकुदका प्रतियोगिता, गोष्ठी लगायतका अतिरिक्त गतिविधिहरु समेत भइरहेका छन् । स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शक गरी ४३० भन्दा बढी स्टल रहेको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा फिस टनेल, मनोरञ्जन पार्कहरु पनि रहेका छन् । जसले महोत्सवलाई थप आकर्षण थपिरहेको छ ।
महोत्सव बिहान १० बजेबाट बेलुका ६ बजेसम्म सञ्चालन भइरहेको छ ।










































